२९ आश्विन २०८३, बिहिबार

‘हालका अर्थमन्त्रीले मलाई झुक्याए’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahabir-Pun-Internet-Hall-of-Fame-1हालका अर्थमन्त्री बिष्णु प्रसाद पौडेलज्यूले पनि बिगतका अर्थमन्त्रीहरुले जस्तै मलाइ झुक्याउनु भए जस्तो छ । तर, खास कुरा के हो भने उहाँले मलाई झुक्याएको होइन कि सम्पूर्ण नेपालीहरुलाई नै एउटा कुरामा झुक्याएको हो ।

‘तपाईं म कहाँ आइ रहनुपर्दैन । तपार्इले भनेको कुरामा के गर्न सकिन्छ म गर्छु’ भनेर उहाँले मलाई करिब ४ महिना अगाडी अर्थ मन्त्रालयमा भन्नु भएको थियो । त्यसैकारणले त्यसपछि म अर्थ मन्त्रालय गईन । बजेट भाषण पढेर हेर्दा त मेरो प्रस्तावको बारेमा केहि पनि उल्लेख भएको छैन । मेरो प्रस्ताव एउटा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने र त्यसलाई कसरी दिगो र उत्पादनमुलक बनाई नेपाललाई बिकासको बाटोमा अगाढी बढाउने भन्ने थियो ।

मेरो हौसला अझै बढेको छ । आँटेको काम जसरी भएपनि पुरा गर्नेछु जसको लागि अब जनताको घरदैलो चाहार्नु पर्नेभयो । तर, देशका सबै पार्टीका नेताहरु र सम्बन्धित मन्त्रालयका सचिबहरुलाई एउटा जानकारी दिन चाहन्छु । उहाँहरुको कानसम्म पुगोस ।

पानी, हावा र सुर्यबाट बिजुली निकाल्ने काम, अन्तर्राष्ट्रिय विमानस्थलसहित द्रुतमार्ग र रेल मार्ग बनाउने काम, पेट्रोलियम तथा अन्य खनिज पदार्थ उत्खनन गर्ने र खनिज पदार्थ निकाल्ने काम, उद्योगधन्दाहरु निर्माण गर्ने काम जस्ता सबै किसिमका भौतिक पुर्बधार निर्माण गर्ने कामहरु कुनै पनि देशमा बाँदर अथवा जनावरहरुले गरेका छैनन् । बाँदर अथवा जनावरहरुले देशको विकासको लागि चाहिने भौतिक पूर्वाधारहरु निर्माण गरेको कुनै उदाहरण छ भने भन्नु होला ।

साधारण भाषामा यसरी बुझे हुन्छ– माथी भनिए अनुसारको भौतिक पूर्वाधारहरु निर्माण गर्न र देश बिकास गर्न स्वदेशमा नै दक्ष जनशक्तिको बिकास गर्नुपर्छ र नेपालमै सम्भव भएसम्मका अनुसन्धान र बिकासका कामहरु गर्नुपर्छ । यी कामहरु नेपालीहरुले नेपालमा नै गर्न सक्छन । हामीसंग देश बिकासको लागि चाहिने मानव पुँजी र संशाधनको खाँचो पटक्कै छैन ।

यी कामहरु स्वदेशमा नेपालीहरुबाट नै भएन भने हामीले विदेशी बिशेषज्ञहरुबाट सबै काम गराउनुपर्ने हुन्छ र विदेशीहरुको सबै टेक्नोलोजी भित्र्याउनुपर्ने हुन्छ । त्यसो गर्दा देश पर निर्भरतातिर लम्कन्छ र बाह्य शक्तिहरुले हेप्न सुरु गर्छन ।

त्यसैले ढिलै भएपनि स्वदेशमा दक्ष जनशक्तिको बिकास र प्रविधिको बिकासको काम सुरु नगरी हुन्न घन्टाउके नेताज्यू ज्यूहरु । देशमा नै बिज्ञान तथा प्रबिधिको विकास नगर्ने र बिदेशी बिशेषज्ञहरु र बिदेशी टेक्नोलोजीहरुमा मात्र निर्भर हुने हो भने देश कहिल्यै पनि उँभो लाग्दैन भनेर बुझनु जरुरी देखिन्छ । तथास्तु !

(लेखक म्यागासेसे पुरस्कार विजेता प्रविधि विज्ञ हुन् ।)