१८ कार्तिक २०८३, बुधबार

करोडौंको कोकिनसहित चिनियाँ नागरिक एयरपोर्टबाटै पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chiness-People

काठमाडौँ, १६ जेठ । प्रहरीले एकजना चिनियाँ नागरिकलाई करोडौंको कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

मलेशियन एयरको एमएच ११५ नम्वरको प्mलाईटद्धारा मलेशियाको क्वालालम्पुर हुँदै हङकङ जान लागेका पासपोर्ट नम्बर के ०२३३४५७५ वाहक चाइनिज नागरिक २१ बर्षीय Chun Man Ho लाई प्रहरीले लागू औषध कोकिन ३ के.जी. १७७.५ ग्राम सहित पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रस्थान कक्षको चेकिङ वि साईडको २ नम्वर स्क्रिनमा चेकजाँच गर्ने क्रममा उनले बोकी ल्याएको सुटकेशको पिधमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू औषध कोकिन बरामद भएको थियो ।