३० आश्विन २०८३, शुक्रबार

सभासद भण्डारीद्वारा तनहुँको अपमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tanahuदोहा । तनहुँ सेवा समाज कतारले आफ्ना जिल्लाका सभासद शंकर भण्डारी द्वारा अपमानित महशुस गरेको छ ।

भण्डारी जनसम्पर्क समितिको चौथो अधिवेशनको लागि सम्बोधन गर्न कतार आएका बेला आयोजकसंग समय माग्दै जिल्लाबासीहरुले उनको लागी राखेको सम्मान राखेका थिए । तर, भण्डारीले कार्यक्रममा आउछु भनेर उपस्थिती नहुदा आफुहरु अपमानित महशुस भएको सस्थाका अध्यक्ष तोयानाथ पौडेलले बताए ।

समाजले दोहास्थित टपफर्म रेष्टुरेन्टमा २७ मे २०१६ शुक्रबार का साझ सम्मान तथा भेटघाट कार्यक्रम राखेको थियो । तनहुँ क्षेत्र १ बाट संविधान सभामा प्रत्यक्ष तर्फबाट निर्वाचित सभासद भण्डारी जिल्लामा निकै लोकप्रिय ब्यक्ति भएपनि कतारमा जिल्लाबासीलाई आफ्नो समय दिन सकेनन् ।

उनको पर्खाईमा साँझ ८ बजे देखि कुरेका प्रवासी तनहुँबासीले राती अबेरसम्म उनको बाटो हेरेर बस्नु सिवाय अरु केहि मिलेन ।

सभासद भण्डारी उक्त कार्यक्रममा उपस्थिती नभइ दिंदा सम्मान गर्न बसेका तनहुँवासीहरु निराश भएर फर्किनु पर्दा सबैमा दुख लाग्नु स्वभाविक नै हो । यहाँहरु प्रति पर्न गएको असर प्रति हामी क्षमा प्रार्थी छौ । अध्यक्षले भने ।

उनले भने, प्रवासको ठाउमा आफ्नै जिल्लावासी युवा नेता तथा जनप्रतिनिधि आइरहदा भेटघाट गरी सम्मान गर्नु हाम्रो दायित्व महशुस गर्दै सम्मान कार्यक्रमको गरेको थियो ।

श्रमिकहरुको समस्याहरु राख्दै समाधानमा पहल गर्नु हुनेछ, भन्ने आशाहरु पनि राखेका थियौ । तथापी दुखका साथ भन्नु पर्दा जिल्लाबासी प्रति उनले गरेको बेवस्थाप्रति हामी निकै दुखित भएका छौ ।

यसरी कार्यक्रम आयोजना गरिसके पछि कार्यक्रममा बोलाइएको ब्यक्ति नै नआइदिदा सहभागिहरुलाई कस्तो महशुस भयो होला । तनहुँबासीहरुले सभासदलाई अगामी दिनहरुमा यस्ता कार्य नगरीदिनु हुन आग्रह समेत गरेका छन् ।