१८ कार्तिक २०८३, बुधबार

बडागाउँका आगलागीका पीडितलाई सामूहिक विद्यालय परिवारको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, १६ जेठ । गुल्मीको बडागाउंमा भएको भीषण आगलागीका पीडितहरुलाई सामूहिक विद्यालय परिवार रुपन्देहीले सहयोग हस्तान्तरण गरेको छ ।

गत वैशाख १८ गते आगलागी हुँदा ६१ घर गोठ जलेर नष्ट भए भने १०० भन्दा बढी गाई बस्तुको ज्यान गएको थियो ।

करिब १ महिना अघि लागेको उक्त आगोको लप्का तत्कालिन अवस्थामा नेपाली सेना, सरकारका बिभिन्न अंग र गाउंलेको सहयोगमा निभाईएतापनि पिडितहरुको मन मस्तिष्कमा अझैपनि आगोको रापले पोल्न छोडेको छैन् । मन मष्तिस्क जल्ने गरी लागोको आगोकोे लप्का निभाउने क्रममा रुपन्देहीको सामूहिक विद्यालय परिवार बडागाउं पुगेको हो ।

परिवारका अध्यक्ष राजेन्द्र घिमिरेको नेतृत्वमा गएको शिक्षकहरुको टोलिले गाउंलेहरुको आहातमा राहत लाउने काम गरेको छ । राहत स्वरुप १ लाख ५१ हजार १ सय ११ नगद हस्तान्तरण समेत गरिएको छ । परिवारका निवर्तमान अध्यक्ष गोकुल पोख्रेलको संयोजकत्वमा गएको टोलिले सो क्षेत्रमा रहेका विद्यार्थीहरुलाई १ सय थान स्कुल व्याग समेत हस्तान्तरण गरेको छ ।

क्षेत्रगत रुपमै बडागाउं पुगेर अग्नि पिडितहरुलाई सहयोग गरिएको हो । सामुहिकको टोलिमा प्याप्सनका केन्द्रय सदस्य विष्णु पन्थि, प्याप्सन रुपन्देहीका कार्यबाहक अध्यक्ष लालहरी पाण्डे, हिसानका अध्यक्ष शुसिल ढकाल, परिवारका सचिव प्रेम पौडेल लगायतको सहभागिता रहको थियो । सोहि टोलीले गुल्मि सदरमूकाम तमघासको सिद्धार्थ उच्च माविमा अध्ययनरत विद्यार्थीहरुका लागि गुल्मिका प्रमूख जिल्ला अधिकारी प्रदीप कुमार कंडेलको विशेष उपस्थितीमा स्कुल व्याग हस्तान्तरण गरिएको थियो । स्कुल व्याग प्याप्सन रुपन्देहीले सहयोग गरेको हो ।

अग्नि पीडितहरुको आहातमा राहतको मलम लगाउनु मानविय कर्तव्य सम्झि सामूहिकको टोलि बडागाउं पूगेको टोलिका कार्यक्रम संयोजक गोकुल पोखरेलले जनाए ।