विहानै कलेज जानुपर्ने भाई बिस्तारैमा पल्टिरहेको हुन्थ्यो । ….यो सबबाट म कसरी जानकार हुन्थ्ये र तै पनि कारण खोज्ने कुतकुती भने लागिरहन्थ्यो । कक्षा १२ को अन्तिम परिक्षा सिद्धाएर बहिनी घरतर्फ लाग्छिन् । त्यस पछि भाईको रुममा म पुग्छु । बानेश्वरको चोकबाट सानो गल्लि हुदै छिर्ने र त्यसपछि रातो कट्कटी परेको ५ तल्ले घरको लोकेशन पत्ता लगाउन मलाई कठिनाई पर्देन । सबै मेरो मोबाइलमा भाईले पठाएको म्यासेजले नै मलाई गाईड गर्दछ । डेरा घरको चौथो तल्ला तलैदेखी नियाल्छु अनि भित्र पस्न पाईलाहरु अगाडी बढाउदै गर्दा घरभित्रबाट चर्को टकटक आवाज सुन्छु । बडो सजग पाराले घरका भित्ताहरु तिर टहलिन्छु । ज्यानै सिरिगं बनाउने वैशाख १२ गतेको भूकम्पको फल्याक्स ब्याक अनायासै मष्तिस्कमा ठोक्किन पुग्छ । मज्जाले नै भूकम्पको हल्लाई खाएका संकेतहरुले घरभित्रका प्रत्येक ठाउँमा जिवन्तता दिन्थ्थे । म पुग्दा घरमा कामदारहरुले घरलाई पहिलेकै आकारमा फर्काउन मिहिन पाराले प्वालहरु टालिरहेका थिए । राम्रोसँग कामदारले काम गरिरहेका थिए तैपनि एकजना महिलाको असन्तुष्टिको पारो भने निकै उचाईमा पुगिरहेको प्रष्टै थियो । यसरी पारो माथी चढाइरहेकी कालो वर्णकी करिब ९० केजी तौल भएकी घरबेटी हुन् भन्ने अनुमान लगाउदै म चौथो तल्लामा उक्लिए ।
“उनी न्यारानदेखीको बल लगाएर विहानैदेखी कम्पिरहेकी हुन्थिन् । जुन कम्पाइले रुमभित्रका भाँडाहरु आफ्नै सुरमा सलबलाइरहेका हुन्थे । किताब चाटेर विद्धान हुने भए धमिरा सबैभन्दा ठूलो विद्धान हुन्थ्यो भन्ने भाव ब्यक्त गर्थिन् लेखक नयनराज पाण्डेको घामकिरी उपन्यासको एक पात्र सलिमले भने जसरी ।”
बसाईको केही क्षणभरमैै केही बढि भएजस्तो र केहीे कम भएजस्तो महसुस मलाई हुन थाल्यो । सन्तुलनको गुन्जाएस नै नभएजस्तो । यसरी मन नै अधिर बन्दिने उनै घरबेटी अन्टि थिईन । उनमा अद्भुत साहस थियो । त्यो साहस फोहोर पानीले भरिएर अटल भएर बसेको तालजस्तो । नियमले घरका भित्ताहरु रंगिएका, लाग्छ म कुनै विश्वद्यिालयको होस्टलमा बसेजस्तो । अन्टिको नियमअनुसार कपडा सुकाउन विहान १० बजेदेखी दिउँसो ४ बजे मात्र छतमा उक्लने पाउने नियम थियो । अर्को बाध्यता त्यहि समयमा मात्रै चापाकल चलाउनुपर्ने । घरको बाहिरी परिबेशमा देखिने गरी केही राख्न नहुने उनको अर्को कडा नियम थियो । यस्तै–यस्तै अब्यव्यारिक नियमका ताँती नै थिए । सधैजसो नयाँनयाँ नियमका बिशेष फेहरिस्त भाइले मलाई सुझाउदै हुन्थ्यो । ति सुन्नमा भने ममा धैर्यता नै हुन्थेन । यसरी केही दिनभित्रैमा म उनका नयाँ प्रवृत्तिहरुसंग परिचित हुदै गए । घरमा बस्ने प्रायले उनको कुरामा प्रतिबाद गर्ने हिम्मत नराख्ने र उनको सबै कुरामा सहि थाप्नैपर्ने । सायद यो शासन कुनै जहाँनिय शासन भन्दा कुनै मानेमा कमि थिएन,म भित्र भित्रै सोच्थे ।
“उनी न्यारानदेखीको बल लगाएर विहानैदेखी कम्पिरहेकी हुन्थिन् । जुन कम्पाइले रुमभित्रका भाँडाहरु आफ्नै सुरमा सलबलाइरहेका हुन्थे । किताब चाटेर विद्धान हुने भए धमिरा सबैभन्दा ठूलो विद्धान हुन्थ्यो भन्ने भाव ब्यक्त गर्थिन् लेखक नयनराज पाण्डेको घामकिरी उपन्यासको एक पात्र सलिमले भने जसरी ।”
विहानै घरबेटी अंकल अन्टिलाई कफि बनाएर बाथरुम सम्मै पुर्याउन्थे, कहिले उनी कफि उतै पिउन्थिन भने कहिले ठुलै स्वरले अंकललाई हुकारथिन्, विहानै कफि बनाएर ल्याएको निहुँमा ,सायद । घरबेटी अंकलको मुहारमा भने आवाज भन्दा मुस्कान मात्रै भेट्थ्यौे । अनेक शिर्षकमा घरमा बसेकाहरुसंग पैसा उठाउने उनको शैलि पनि बडो गजब हुन्थ्यो । एकैपटक पैसा नउठाएर उनि पटक पटक असुल गर्थिन । पैसा असुल्ने शिर्षक पनि कति हुन कति यसभन्दा अघि कहिल्लै नसुनेका उपशिर्षक पनि मैले त्यही गएर सुने । उनी खानको लागी पिउने पानी त दिन्थिन तर उनलाई रातमा निद्रा लागेन भने मात्र पानी बाड्न निस्किन्थिन् । समयको उनलाई कुनै प्रबाह थिएन किनकी उनी अक्सर रातको १२ बजेको सेरोफेरोमा पानी थाप्न भन्दै ढोका ढकढकाउन्थिन् । रातको चर्को निशामा ढोका खोल्नैपर्ने नखोलेसम्म उनि ढोकालाई यति क्रुर ब्यवहार गर्थिन सायद उनको ढोकासँग बर्षोको रिसबी छ । मसला पिध्न राखिएको सिलौटोबाट मसाला पिध्न निषेध गरिएको थियो किनकी उनको शान्त घरमा यसले ठूलो डेसिबलको ध्वनि तरंग पैदा गथ्र्यो । कसैले मसाला पिध्यो र आवाज निस्कियो भने उनि तरकारी चाख्न घरका करिब १२ वटै कोठामा पुग्थिन् । त्यो उनको तरकारी चाख्दै हिड्ने बैग्लै काइदा थियो । चापाकल थिच्दा त्यसबाट पूर्णत आवाज निस्किन बन्देज थियो उनको नियममा तर चापाकलले भने जति बिस्तारै थिच्यो उति उनलाई चुनौति दिएसरह ठूलो–ठूलो आवाज निकाल्थ्यो । रातमा अफिसबाट घरमा आउनेको पीडा साँच्चिकै कम्ति थिएन । गेटको साँचो ८ बजे नै लगाएर उनी आफू बस्नेतिर लाग्थिन् भने विहान ७ बजेमात्रै खोल्थिन्, जसले गर्दा कोठाभित्रै छिर्न नपाई अन्तै बस्न गएको भन्ने दाइहरुको गुनासो समेत हुन्थ्यो प्राय । भाई कलेज नगई बिस्तारैमा पल्टिरहेको विषयको भेउ मैले बल्ल थाहा पाउन्छु । उनी न्यारानदेखीको बल लगाएर विहानैदेखी कम्पिरहेकी हुन्थिन् । जुन कम्पाइले रुमभित्रका भाँडाहरु आफ्नै सुरमा सलबलाइरहेका हुन्थे । किताब चाटेर विद्धान हुने भए धमिरा सबैभन्दा ठूलो विद्धान हुन्थ्यो भन्ने भाव ब्यक्त गर्थिन् लेखक नयनराज पाण्डेको घामकिरी उपन्यासको एक पात्र सलिमले भने जसरी । यसर्थ पढ्नुभन्दा उनको घरको संरक्षण र संम्भारमा लाग्नुपर्छ भन्ने भाव उनमा प्रबल थियो । त्यसघरमा पढ्नेहरुप्रति उनको सौतेनी ब्यवहार थियो । यसरी घरबेटी अन्टिको रबैया देखेर म र भाई हास्थ्यौ । हाम्रा प्रत्येक रमाइला जोकहरुमा उनि उपर्युक्त पात्र बन्थिन् । हामी सामान्य बनेर जोकहरुमा रमाएपनि घरमा परिवार र बच्चाहरु संग बस्नेको भने बिजोग हुन्थ्यो ।
लाग्थ्यो, संसारकी यिनै नै नामुद महिला हुन् । जसले आफ्नो घरमा (उनको राज्यमा) कडा शासन गरेकी छिन् र सबैलाई आफ्नै नियममा बाँधेकी छिन् । अरुलाई सानो स्वरमा पनि फोनमा बोल्न बन्देज लगाउने उनी आफु भने घर नै थर्कने गरी हिन्दी गीतमा ब्रेक डान्स हानिरहेकी हुन्थिन् । बोलिमा पनि उनि आफ्नै तौल बराबरको ध्वनि प्रवाह गरिरहेकी हुन्थिन । त्यस घरमा बस्ने सबै आफ्ना कमाण्डरले दिएको आदेश सिपाहीले मानेसरह मान्नुपर्ने बाध्यतमा थिए । बाध्यता नहुदो हो त यति हुदाँसम्म प्रतिकारमा उत्रने साहस जाग्ने थियो । यसबिचमा पछि थाहा पाइयो उनको घरलाई छिमेकीहरुले पर्यटक आवासको रुपमा चित्रित गर्दा रहेछन् । कोही १ महिना उनको घरमा बस्यो भने महानताको उपमा पाउने रहेछन् । त्यो उपाधीको लागी भाइमा महान धैर्यता थिएन त्यसैले उनको त्यो घरबाट केही दिनमै भाई टाढिएको खबर पाउन्छु ।















प्रतिक्रिया