काठमाडौं, १६ जेठ । कुटपिटबाट गम्भीर घाइते भएका ना.१ ख ९२७६ नम्वरको ट्याङकर चालक किर्तिपुर नगरपालिका–१४ चोभार बस्ने ३७ वर्षीय गगन अर्यालको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सडकमा शनिबार राति बा.३ ख २२९३ नम्बरको बस र ना.१ ख ९२७६ नम्बरको ट्याङकर बीच विवाद हुँदा बस चालक डेबिट भन्ने सुर्य तामाङ लगायत ८/९ जनाको समुहले अर्याल र ट्याङकरमा सवार किर्तिपुर नगरपालिका-१५ टौदह बस्ने ३५ बर्षीय हिरा कार्कीलाई कुटपिट गर्दा घाइते भएकोले अर्याललाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । अर्का घाइते कार्कीको बीर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।
घटनामा संलग्न नुवाकोट गणेश थान–१ घर भई हाल ललितपुर धोबीघाट बस्ने २० वर्षीय ज्यानकाजी भन्ने सरोज कुँवर र गोरखा ताप्ले–८ घर भई कलंकी बस्ने बस्ने १७ वर्षीय सुभाष कुवँर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया