१८ कार्तिक २०८३, बुधबार

नेपाली चेलीबेटी बेच्ने दुई महिला काठमाडौंमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, १५ जेठ । मानव वेचविखन तथा ओसारपसार कार्यमा संलग्न २ जना महिलालाई महानगरीय अपराध महाशाखाको प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु माछापोखरी बस्ने उदयपुर वेलटार नगरपालिका–७ की ३१ वर्षीया बिना तामाङ र काठमाडौं बालाजु माछापोखरी बस्ने उदयपुर पुरन्दह गाविस–९ की २५ वर्षीया बालकुमारी विश्वकर्मा रहेका छन् ।

विभिन्न बाहाना तथा वैदेशिक रोजगारको प्रलोभन देखाई काँकडभिट्टा हुँदै भारतको राजधानी नयाँदिल्लीबाट कुवेत पठाउने सिलसिलामा विशेष सूचनाको आधारमा खटिएको प्रहरीले कोटेश्वरबाट काँकडभिट्टातर्फ जाँदै गरेको अवस्थामा काठमाडौं–काँकडभिट्टा चल्ने बा.१ ज ३१२१ नम्बरको गाडीमा चेकजाँच गर्नेक्रममा ४ जना पीडित महिलासहित वेचविखनमा संलग्न तामाङ र विकलाई पक्राउ गरेको हो ।

तामाङ र विकलाई मानव वेचविखन तथा ओसारपसार मुद्दामा कारबाहीको लागि महाशाखाले महानगरीय परिसर काठमाडौं पठाएको छ ।