गुल्मी, १५ जेठ । गुल्मीका क्रियाशिल पत्रकार अनिल खत्रीलाई उत्कृष्ट पत्रकारिता पुरस्कारद्धारा सम्मानित गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीको पाँचौं जिल्ला अधिवेसनको अबसरमा गुल्मीको सदरमुकाम तम्घासमा आयोजित समारोहमा पत्रकार अनिल खत्रीलाई उत्कृष्ट पत्रकारिता पुरस्कारद्धारा सम्मान गरिएको थियो ।
कला सँस्कृतिको संरक्षण गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीले आफ्नो तिन वर्षे कार्यकालमा गरेका कार्यक्रमहरु बिभिन्न सञ्चार माध्यमा प्रचार प्रसारमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पत्रकार खत्रीलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
सम्मानित पत्रकार खत्रीलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष चन्द शर्मा, कार्यक्रमका बिशेष अतिथी गुल्मीका माननिय जिल्ला न्यायदिस मातृका प्रसाद मरासेनी लगायतले नगद,दोसल्ला सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।
पत्रकार खत्री बिगत ८ वर्ष यता गुल्मीबाट बिभिन्न सञ्चार माध्यममा काम गर्दै आउनु भएको छ । सम्मानित पत्रकार नेपाल पत्रकार महासंघ गुल्मी शाखाको कोषाध्यक्ष समेत रहनु भएको छ ।













प्रतिक्रिया