२९ आश्विन २०८३, बिहिबार

आठ जना प्रधानमन्त्रीलाई जम्मा एउटा प्रश्न ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेखक
लेखक

२०४७ सालमा तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानीले काठमाडौंको सडक पखालेर सिंगापुर बनाइदिने घोषणा गरे र काकाकुल काठमाडौं बासीले भट्टराइको मेलम्ची खानेपानी कुरेको पनि लगभग २५ वर्ष भयो तर योजना पूरा हुन् सकेको छैन ।

यो योजना पूरा हुन् अझै २ वर्ष लाग्ने देखिन्छ । कृष्णप्रसाद भट्टराई पछिका ८ जना भूपू प्रधानमन्त्रीहरु १. जिरिजा प्रसाद, २. मनमोहन अधिकारि, ३. शेर बहादुर ४. झलनाथ खनाल ६. प्रचण्ड ७. माधब नेपाल, ८. बाबुराम भट्टराई ९. सुशील कोइरालाइ सबैलाई एउटै प्रश्न किन २५ वर्षसम्म मेलम्ची खानेपानी योजना पूरा हुन् सकेन ? बजेट थिएन कि ? सुरुङ्ग खन्न सुन्दरीजलसम्म जाने बाटो थिएन कि ? जनशक्ति थिएन ? कि जहिले बनाए पनी हुने, काठमाडौंमा पानीको त्यति आवश्यकता थिएन ? मेरो बिचारमा बिकाश निर्माण अगाडि बडाउन सक्ने क्षमता, बिबेक र इच्क्षा शक्ति नै थिएन, देशको लागि केही गरौ भन्ने भाबना नै थिएन । त्यस कारण भूपू प्रम ज्युहरु मेलम्ची खाने पानि आयोजना पूरा गर्न नसकेकोमा नैतिक जिम्मेबारी लिने की नलिने ?

काठमाडौंमा बसेर काठमाडौंकै समस्या नबुझ्ने र समाधान गर्न नसक्ने भूपू प्रम ज्युहरुले दुरदरारका समस्या कसरी बुझ्नु होला ? अनि कसरी समाधान गर्नु होला देश भरिका जल्दा बल्दा समस्या । अझै किन प्रम बन्न १२ हात उफ्रदै हुनु हुन्छ ?

मौका पाउदा आफू यो देशको योग्य प्रधानमन्त्री हुँ भनेर प्रमाणित गर्न चाँही नसक्ने तर अरु प्रधानमन्त्रीले देश र जनताका लागि केहि खोज्दा खुट्टा तानेर आफू प्रधानमन्त्री बन्न खोज्ने ? अनि अरुको एकोहोरो आलोचना मात्र गर्ने ?

गणेशमान, मनमोहन अधिकारि र मदन भण्डारी जस्तै त्यागी र स्वच्छ छबि भएका अनि देशको लागि केहि गरौ भन्ने भाबना भएका सन्त नेता कृष्ण प्रसाद भट्टराईलाइ पनी खुट्टा तान्नेहरु उनकै पार्टीमा निस्किए । मुलत जिरिजा प्रसाद कोइरालाले आफु सिंगापुर जस्तै धनि देशको मन्त्री बन्नुभन्दा गरिब देशको प्रधानमन्त्री बन्न उचित ठाने ।

अनि भट्टराईलाई चुनाबमा हराएर आफू प्रम बन्न अनेकौ जाल झेल गरे । त्यो क्रम बर्तमान प्रधानमन्त्री केपी ओलीको समय सम्म कायम छ ।

केपी ओली नै यो देशका योग्य प्रधानमन्त्री हुन भन्न खोजेको भने होइन तर उनले देखेका सपना हावामा उडाउनेहरुको बिरोध मात्र गर्न खोजेको हो । जो प्रधानमन्त्री भए पनि ५ वर्ष राम्रोसंग काम गर्न दिउ र रचनात्मक सहयोग गरौ, यो नै देशप्रति उत्तरदाही राजनीतिक पार्टीको धर्म र कर्तब्य हो ।

बिभिन्न कारणले आयोजना पूरा हुन समय लाग्लान, त्यसको मतलब कुनै ठूला आयोजना सुरु नै नगर्ने ? सधै इन्डियाबाट बिजुली किनेर अनि चाइनाबाट समान किनेर र खाडीमा रोजगार गरेर मात्र देश चल्ला ?

मेलम्चीकै कुरा गर्ने हो भने यो आयोजना लगभग २३ अर्बको हो र २३ वर्ष सम्म वर्षको १ अर्ब बजेट छुट्याउदा पनि यो आयोजनालार्इ कुनै आर्थिक अभाब हुदैन थियो भने सरकारलाई पनि कुनै भार पर्ने थिएन ।

दाताहरुले पनि अर्बौ सहयोग गरेकै थिए । त्यसो हुँदा लगानी र खर्चको हिसाबले मेलम्चीको पानी राजधानी बासीलाई सित्तै बाडे पनि सकिन्छ । मुहान जाने मोटर बाटो मेलम्ची बजारसम्म मात्र लटर पटर पिच गरिएको छ त्यो भन्दा उता कच्ची बाटो छ ।

त्यसो हुँदा मुआब्जा र मुहान जाने बाटोको लागि त्यति धेरै पनि खर्च भएको छैन । म पनी हेलम्बुकै स्थाई बासी भएकाले धेरै कुरा थाहा छ । तर केयुकेयलको स्वार्थले गर्दा अनि त्यो आयोजनामा भएका अनियमितता र भष्टाचारले गर्दा मेलम्ची आयोजना पूरा भएपछि काठमाडौं बासीले पानीको महसुल निकै नै महँगो तिर्नु पर्ने छ ।

ओलीको सपनाका कुरा गरौ, जब म गाउँबाट काठमाडौं हजारौ सपना लिएर पढन भनेर आए तर कोठा बाल तिर्ने र खाने पैसा समेत हुदैन थियो । अनि हजारौ सपनामा अर्को एउटा सपना थपियो काठमाडौंमा घर बनाउने । गर्दै जादा त्यो पनि सम्भव भयो । घर बाहाल तिर्ने पैसा समेत नहुनेले घर बनाउने सपना देख्नु के त्यो मेरो गल्ति थियो ?

५० वर्ष अगाडि मावोले नदी फर्काएर सम्पूर्ण देशबासीलाई खाने पानि पुराउने ठुलो सपना देखेका थिए । अहिले बल्ल आएर करिब १४ सय किलोमिटर लामो कृतिम नदी बनाएर चीनले करोडौ जनतालाई खाने पानि सेवा दिएको छ । यो चानचुने कुरा होइन ।

हाम्रा नेताहरुको सपना छ केवल राणाले बनाइदिएको सिंहदरबारमा राज गर्ने । पंचायतले बिकाश गर्न सकेन भनेर गाली गरेर जनआन्दोलन मार्फत सत्तामा पुगे तर त्यहि पंचायतले बनाइदिएको उद्योग समेत चलाउन सकेनन उल्टो बेचेर कमिसन खाए ।

किन भयो हिमाल सिमेंट र हेटौडा सिमेन्ट कारखाना बन्द ? समान बेच्ने बजार थिएन कि, जनसक्ति थिएन कि, कच्चा पदार्थ थिएन ? सबै कुरा थियो, यो नियत बस बन्द गराइयो । राजनीतिक नेतृत्वनै मुख्य दोषी छ यस्तो हुनुमा ।

काठमाडौं–हेटौडा रोप वे समेत चलाउन सकेनौ, आज बन्द भएर यस्तो पनी थियो भनेर इतिहास बनेको छ ।

भन्न खोजेको कुरा केहो भने अर्काले बनाइदिएको कलकारखाना र उद्योग चलाउन नसक्नेले नया योजना ल्याउछन र देश बनाउछन भनेर सोच्नु ठुलो गल्ति हुनेछ । यिनीहरुको काम अरुले केहि गर्न खोजे भाड्नु र गर्न नदिनु मात्र हो ।

पद ठुलो होइन, पदको गरिमा ठुलो हो । पंचायतकालको प्रधानपन्च र अहिलेको प्रधानमन्त्रीको उस्तै भ्यालु हुन लाग्यो । त्यसकारण पदको गरिमा रहने गरि राजनीति गरौ । आफु सरखारमा हुँदा केहि गर्न नसकेको तर उल्टो राष्टघाती काम गरेर र आन्तरिक झगडा गरेर समय बर्बाद गरेको तथ्य नबिर्सौंर सुध्रिन चाहनेहरुले आत्म आलोचना गरौ ।

राष्ट्रिय गौरबका आयोजनाहरुको पहिचान गरेर सम्पूर्ण राजनीतिक पार्टीबीच समझदारी बनायर आगामी सरकारले पनि त्यस्ता आयोजनालाई निरन्तरता दिनु पर्दछ । अनि मात्र नयाँ नेपाल बन्नेछ । नकारात्मक कुराको बिरोध गरौ र सकारात्मक कुराको समर्थन गरौ । सकारात्मक सोचले नै सकारात्मक परिबर्तन ल्याउछ, सकारात्मक परिबर्तनले मात्र निकास र बिकास दिनेछ ।

आजसम्म जनतालाई करदाता र मतदाता मात्र बनाइयो । आज प्रतेक नेपालीको थाप्लोमा २१ हजार ऋण पुगेको छ । बैदेशिक अनुदान र कर कता गयो ? यत्रो बैदेशिक ऋण लियर पनी देशमा कुनै ठुला आयोजना सुरु हुन सकेका छैनन् ।

देशको बजेट प्रसासनिक खर्च भस्टचार अनि कमिसनमै सकिन्छ ? देश र जनताको हितका लागि राजनीति नगर्ने हो भने के का लागि राजनीति गर्ने ? यस्ता राजनीतिक पार्टीलाई अब किन भोट हाल्ने ? सपना, मिसन र भिजन नभएका नेताहरुबाट देश र जनताले के अपेक्षा गर्ने ? यसको जवाफ जनतालाई राजनीतिक नेतृत्वले दिनै पर्छ, नत्र समयले त्यशको जवाफ खोज्ने छ ।