काठमाडौं, १५ जेठ । लामो समयदेखि विवादमा रहेको लेले र नल्लुस्थित ढुंगाखानीका संचालकहरुको अवैध रुपमा सार्वजनिक वन क्षेत्रमा ढुंगा उत्खनन रोकेका छैनन् ।
तर जिल्ला वन कार्यालयले कारबाहीको सट्टा उल्टो उन्मुक्ति दिने गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
गत फागुनमा मात्रै वन क्षेत्रमा अवैध ढुंगा उत्खखन गरेको आरोपमा पक्राउ परि उन्मुक्ति पाएका विनायक इष्डट्रिज प्रालिका स्काभेटर संचालकलाई पुनः उन्मुक्तिको तयारी थालिएको छ ।
चापागाउँ प्रहरीले चालकसहित संचालक शेखर महतलाई पक्राउ गरी जिल्ला वन कार्यालयमा बुझाएको थियो ।
तर, कार्यालयले कारबाहीको साटो निजी जग्गामा ढुंगा उत्खनन गरेको प्रतिवेदन बनाएर उन्मुक्ति दिएको थियो ।















प्रतिक्रिया