– ललित केसी
अछाम, १४ जेठ । नेकपा एमालेका केन्द्रिय सदस्य एवं माहाकालि ईन्चार्ज राम कुमार ज्ञवालिले अछाम जिल्लामा धेरै पर्यटकिय क्षेत्र भएपनी पर्यटकहरुलाई आकर्षण गर्न नसकिएको वताउनु भएको छ ।
यस जिल्लामा रहेका खप्तड, रामारोसन, वैद्यनाथ, वान्नीगढी, पञ्चदेवल लगाएतका थुप्रै पर्यटकिय स्थलहरुको प्रचार प्रसार, विकास र प्रर्वधन गर्न सके अछामी जनताको आर्थिक विकास चाँडै हुने वताएका छन ।
नेकपा एमाले अछामको २३ औं विस्तारित वैठकलाई पर्यटकिय स्थल खप्तडमा सम्वोधन गर्दै उनले यस्तो वताएका हुन । उनले खप्तड क्षेत्र भित्र रहेका अम्रितरुपी जडिवुटीलाई जगेर्ना गर्न सरोकारवाला सवै अग्रसर हुनुका साथै स्थानीय स्तरमा पाईने खानाका परिकार उत्पादन गरी पर्यटकलाई आकर्ष गर्न सकिने धारणा राखे । वैठकको प्रमुख अथितीको आसनवाट वोल्दै नेता ज्ञवालीले खप्तडको विकासका लागी आफु केन्द्रिय स्तरमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
यस्तै कार्यक्रमका विशिष्ठ अथिती नेकपा एमालेका वैकल्पीक केन्द्रिय सदस्य एवं अछाम ईन्चार्ज प्रकास शाहले स्थानीय भेषभुषा, मौलिक संस्कार र संस्कृति प्रदर्शन गरेर पर्यटकलाई आकर्षण गर्न सकिने वताएका छन । उनले खप्तड मात्र नभई सुदुरपश्चिममा रहेका सवै पर्यटकिए स्थलहरुको जगर्ना गरी पर्यटकलाई आकर्षण गर्न सके आर्थिकरुपमा सम्पन्न हुन सकिने वताए ।
नेकपा एमाले अछमका अध्यक्ष सेर वहादुर कुँवरको अध्यक्षतामा भएको वैठकले खप्तड घोषणा पत्र समेत जारी गरेको छ । घोषणा पत्रमा खप्तडलाई नमुना क्षेत्र वनाउन, मध्य पाहाडी लोकमार्ग अन्तरगत कर्णाली नदिमा निर्माण भएको पुलको उद्घाटन गर्न, खप्तड संग सिमाना जोडिएका सवै जिल्लाका सवै गाविसहरुमा सडक विस्तारका लागी नेपाल सरकारलाई प्रस्ताव गर्ने, साँफेवगर र कमलवाजार विमान स्थल संचालनका लागी पहल गर्ने र खप्तडमा संचार सेवा पु¥याउन पहल गर्ने लगाएतका वुँदाहरु समेटिएका छन ।
वैठकमा अछाम जिल्लाका १३ ओटै ईलाका, ३ ओटै नगरपालिका, २ ओटै निर्वाचन क्षेत्र र जिल्लाको आर्थिक, राजनितिक र सांगठानिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै २२ औ वैठक वाट मनोनित गरिएका जिल्ला कमिटीका सदस्यरु लाग वहादुर केसी, भिम राना र शिव विसी लाई प्रमुख अथिती वाट सपथ गराइएको थियो ।
बैठकमा पुर्व सांसद जंग शाही, पुर्व अञ्चल सदस्य गोविन्द कुँवर, नर वहादुर विक, पुर्व प्रतिनिधी परिषद सदस्य कुल वहादुर कुँवर, प्रवासी नेपाली संघ भारतका केन्द्रिय सदस्य भिम वहादुर भण्डारी, एमाले नेता वम विसी, खप्तड पर्यटन वोर्डका कार्यकारी निर्देशक यमराज कुँवर लगाएतको उपस्थिती रहेको थियो ।
खप्तड क्षेत्रको पर्यटन प्रर्वधन, विकास र प्रचार प्रसार गर्ने उदेश्यले खप्तडमा विस्तारित वैकको आयोजना गरेको नेकपा एमाले आछामको टोलीले त्याहाँका विभिन्न क्षेत्रहरुको अवलोकन समेत गरेको प्रेस चौतारी अछामका उपाध्यक्ष कालु सिंह वोहोराले जानकारी दिए ।













प्रतिक्रिया