१ कार्तिक २०८३, आइतबार

भिमलाई मञ्जिताले किन धोका दिईन ? (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manjita kc And Bhim Ale

– मनोज थापा
काठमाडौं । कलाकार भिम आलेको दोस्रो प्रस्तुति लोकदोहोरी गीत फुलै फुल्यो डाली नुगेन गीतको भिडियो सार्वजनिक भएको छ ।

पत्रकार तथा सर्जक स्व. सुर्यकुमार क्षेत्रीको शब्द सृजनामा सुमधुर स्वरका धनी विमलराज क्षेत्री र रितु थापाको स्वर रहेको छ । लय सृजनामा पनि विमलराज क्षेत्रीको नै रहेको छ ।

यस गीतको भिडियोमा भिम आले, मञ्जिता केसी र गोपाल भट्टराईको अभिनय रहेको छ । कुमार केसीको निर्देशनमा तयार भएको भिडियोलाई हरिनारायण चौधरीको छायांकन रहेको छ ।

अनुप सिवाकोटीको सम्पादनमा भिडियो तयार भएको छ । यस गीतलाई रेस्पोन्सिभ मिडिया प्रा।लि।ले बजारमा ल्याएको हो । कलाकार भिम आले बहुमुखि प्रतिभाका धनी हुन । उनी अभिनय, गाउँन, शब्द सृजना र लय सृजर्ना क्दछन् । उनी विगत लामो समयदेखी कलाकारितामा सक्रिय छन् । कलाकारितामा लाग्नु भिमको सानैदेखी रुची रहेको र यो क्षेत्रमा केहि गर्ने इच्क्षा भएको बताउँछन् । धेरै सृजना दिन नसके पनि वर्ष थोरै तर राम्रो सृजना दिने उनीले हामीसँगको कुराकानीमा बताए ।

उनको प्रतिभा बारेमा रेस्पोन्सिभ मिडिया निर्देशक तथा मोडल कुशल खत्री भन्छन् ‘भिम जी नेपाली कलाकारिताका लागी एक नक्षत्र हो ।’ यस गीतबाट भिम आले पनि आशावादी छन् ।

अग्रज सर्जकसँग काम गर्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको र अगाडी बढ्न हौसला मिलेको उनी बताउँछन् । अग्रजको मायाले गर्दा आगामी दिनमा यो क्षेत्रमा केही गर्ने प्रेरणा मिलेको भिमले बताए ।