१८ कार्तिक २०८३, बुधबार

राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य मरासनी निजामती कर्मचारी संघमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Marasani

– विकाश पराजुली
बुटवल, १४ जेठ । राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रीय सदस्य अचुत मरासनी नेपाल निजामती कर्मचारी संघमा प्रवेश गरेका छन् ।

शुक्रबार बुटवलमा एक कार्यक्रमका बीच मरासनीलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालले संगठनमा प्रवेश गराए । यहि जेठ १८ गते हुन लागेको आधिकारिक टे«य युनियनको निर्वाचनलाई लक्षित गर्दै मरासनी नेपाल निजामती कर्मचारी संगठनमा प्रबेश गरेका हुन ।

मरासनीलाई प्रवेश गराउँदै संगठनका केन्द्रीय अध्यक्ष ढकालले आफ्नो संगठनको अन्तिम लक्ष्य राष्ट्रको सम्बृद्धि र जनतालाई प्रभावकारीता सेवा रहेको बताए । उनले टे«ड युनियनको निर्वाचन पछि निजामती कर्मचारी संगठनले संगठनलाई अव्वल र युनियनलाई हाक्दै जनताको सेवामा अझ नयाँ तरिकाबाट प्रभावकारी सेवामा जुट्ने बताए । उनले भने– “नेपालको निजामती प्रशासनलाई समृद्धिको दिशातर्फ लैजान यो निर्वाचन गर्नु गराउनु जरुरी छ, कुनै कुनै संगठन डराएर छटपटि समेत भएको छ ।”

अध्यक्ष ढकालले नेपाललाई चिनाउने गौतमबुद्ध, सगरमाथा, पशुपतिको देश भनेर चिने जसरी अब जेठ १९ गते निजामती कर्मचारीको देश भनेर चिनाईने बताए । अहिले सम्म कुनै पनि देशमा निजामती कर्मचारी संगठित नभएकाले आफ्नो देशलाई निजामतीको देशको रुपमा चिनाउन यो निर्वाचनले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

उनले निजामती कर्मचारीको तलब बढ्दा महंगी बढ्नु मानसिकता वा बास्तविकता के हो, बास्तविकता भए छलफल गरेर अगाडि बढ्नुपर्ने बताए । उनले सरकारले घोषणा गर्ने बजेटमा निजामती कर्मचारीको तलव बृद्धि अपरिहार्य रहेको समेत बताए ।

“हामीले अधिकार सँगै कर्तव्यलाई नभुली अधिकार मागेका छौ” उनले भने–“त्यसैले समय सापेक्षा र महंगी बृद्धिदर सँगै तलब बृद्धि हुनुपर्छ ।”

आधारिक टे«ड युनियनको निर्वाचनमा देशभरका करिव ५४ हजार बढि निजामती कर्मचारी मतदाता रहेको र त्यस मध्यै २५ हजार बढि मतदाता आफ्ना पक्षमा रहेको उनले बताए । उनले आफुहरु राष्ट्रसेवक विद्युत गृह बनाउन समेत तयार रहेकाले माथिल्लो तामाकोशीमा ५ सय मेगावट विजुली निकाल्न सक्ने समेत बताए ।

संगठनमा प्रवेश गरेका मरासनीले यो संगठन जस्ता जुझारु अन्य कुनै संगठन नभएकाले विगतमा भुलिएको बाटोलाई पुनः आत्मसाथ गरेको बताए । कार्यक्रम नेपाल निजामती संगठन बुटवल ईलाका अध्यक्ष रमेश पाण्डेको अध्यक्षता तथा केन्द्रीय सदस्य मेघदेव पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।