– कृष्ण ओझा
पाँचथर, १३ जेठ । नेपाल प्रेस युनियनको २५ औं स्थापना दिवस पाँचथरमा पनी मनाइएको छ । रजत जयन्तीको अवसर पारेर युनियनको पाँचथर शाखाले छलफल तथा शुभ–कामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो ।
युनियनले आफ्नै सभाहलमा “नेपाल प्रेस युनियनको अभियान, भौतिक र पेशागत सुरक्षा सहित पत्रकारको सम्मानजनह पहिचान भन्ने नाराका साथ स्थापना दिवस मनाएको हो ।
कार्यक्रमका सहभागी पत्रकार तथा सरोकारवालाहरुले पत्रकारहरु पार्टी आस्थाका आधारमा भन्दा व्यवसायिक र खोज पत्रकारितामा लाग्न जोड दिएका थिए ।
संचारकर्मीहरु आस्थालाई प्राथमिकतामा राख्दा पत्रकारहरु असुरक्षित हुनका साथै उनीहरुले समाचार सामग्रीको बिश्वसनीयतामा समेत प्रश्नचिन्ह उठ्ने सहभागीहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा सुम्हात्लुङ एफएमका स्टेशन म्यानेजर विजयवोध लावती सञ्चारिका समूहकी सचिव अनिता राई, पत्रकार महासंघका पुर्व अध्यक्ष लेपखनाथ खतिवडा, आदीवासी जनजाती पत्रकार महासंघका अध्यक्ष गणेश साम्पाङ, प्रेस युनियनका निर्वतमान अध्यक्ष बिपेन्द्र गौतम, निजामति कर्मचारी युनियन (संघ) का सचिव उमेश मेहता, उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोविन्द ढकाल,गैर सरकारी सस्था महासंघका अध्यक्ष बालकृष्ण ओझा, पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना, नेपाली कांग्रेसका सचिव रुपनारायण जवेगू र सभापति नरेन्द्रकुमार केरुङ लगायतले युुनियनलाई शशक्त बन्नका लागि शुभकामना सुझाव दिएका थिए ।
विभिन्न सञ्चार गृह,सञ्चार सस्था र संघठनमा कृयाशिल पत्रकारको उपस्थितिमा सम्पन्न कार्यक्रम नेपाल पत्रकार महासघं पूर्व अध्यक्ष साथै युनियन पाँचथरका अध्यक्ष लक्ष्मी गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । संचालन सञ्चालन सचिव भिमकुमार बास्कोटा र स्वागत मन्तव्य उपाध्यक्ष जितेन्द्र भण्डारीले राखेका थिए ।













प्रतिक्रिया