१८ कार्तिक २०८३, बुधबार

चक्काजाम उल्लंघन गरेको भन्दै तोडफोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Banda-Nepal-Mao-Biplabकाठमाडौं, १३ जेठ । चक्काजामको उल्लंघन गरेको भन्दै यातायात व्यवसायी र मजदुरहरूले राजधानीको टेकु र महाराजगन्जमा सवारीसाधनमाथि तोडफोडसमेत गरेका छन् ।

प्रहरीका अनुसार बा१झ ४८१३ नम्बरको सुमो, बा२झ २००० नम्बरको ट्याक्सी टेकुमा र बा१झ १५९९ नम्बरको ट्याक्सी महाराजगन्जमा तोडफोड गरिएको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेकोमा लाग्ने शुल्क बढाएको भन्दै यातायात व्यवसायीले आज बिहानैदेखि चक्काजाम गरेका छन् ।

यातायात व्यवसायीहरुले ट्राफिक प्रहरी शुल्क रु २५ देखि २०० सम्मलाई जेठ १ गतेदेखि लागू हुनेगरी रु ५०० देखि रु एक हजार ५०० सम्म पुगाएको भन्दै चोकचोकमा सवारीसाधन थन्क्याएर चक्काजाम गरेका हुन् ।

काठमाडौं उपत्यकामा अत्यावश्यक सवारीसाधनबाहेक अरू कुनै पनि भाडाका सार्वजनिक सवारीसाधन नचलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले जानकारी दिए ।