२८ आश्विन २०८३, बुधबार

चिनियाँ रेल नेपाल हुँदै बिहार पुर्याउने योजनाले दिल्लीमा फेरि रुवाबासी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीनले नेपाल हुँदै आफ्नो रेललाई भारतको विहारसम्म विस्तार गर्ने योजना सार्वजनिक गरेपछि नयाँ दिल्लीमा रुवाबासी र खैलाबैला मच्चिएको छ ।

भारतीय टेभी च्यानल जी न्यूजले त भिडियो बनाएर भारतले गरेको शंका र चिन्तालाई प्रष्टसँग देखाएको छ । उसले भिडियोमा चिनियाँ रेल विहार पुग्नु भनेको दक्षिण एसियामै भारतलाई कमजोर पार्ने षडयन्त्र हो भनिएको छ ।

यसबाट भारत बेलैमा केही गर्नुपर्ने र बच्नुपर्ने भन्दै भारतीय पक्ष आत्तिएको संकेत गरिएको छ ।

चिनियाँ पत्रिका ‘ग्लोबल टाइम्स’ ले बुधबार (आज)को अंकमा सन् २०२० सम्ममा चिनियाँ रेल नेपाल पुग्ने र त्यहाँबाट विहारसम्म पुगाउने चीनको योजना रहेको उल्लेख गरेपछि भारतमा नयाँ तरंग पैदा भएको छ ।

हेर्नुस् सनसनीपूर्ण भिडियोः