वर्तमान प्रधानमन्त्री केपीशर्मा ओलीले बोलेका कुराहरुलाई विपक्षीले मात्र होइन अब त् आफ्नै पार्टीका नेताहरुले समेत हावा कुरा भनेर उडाउन थालेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले व्यंग्य गरेर अब सगरमाथामा केवलकार जोडौं सम्म भन्नुभयो । अब एउटा बहस सुरु गरौं । के सगरमाथामा केवलकार सम्भव छैन ?
एउटा नेताले गरिबको नाममा आएको छात्रवृति कोटामा आफ्नो छोराछोरीलाई विदेश पढ्न पठाउन सम्भव छ । भूकम्प पीडितका नाममा आएको कोटामा आफ्न्तलाइ विदेश घुम्न पठाउन सम्भव छ । खाडीको नेपाली मजदुरले जति तलब खाने एउटा सभासदले बर्ष दिनभित्र काठमाडौंमा महल बनाउन र पजेरो किन्न सम्भब छ भने सगरमाथामा केवलकार बनाउन चाँही किन सम्भब छैन ?
मेलम्चीको पानी काठमाडौं कसरी आउँछ त २७ किलोमिटर सुरुङ्गबाट ? यो पनि सपना होइन र ? मेलम्ची खानेपानी भन्दा धेरै सजिलो छ सगरमाथासम्म केवलकार बनाउन । केवलकार चुचुरोमै पुर्याउन पर्छ भन्ने केहि छैन । त्यसरी बुझ्नु र तर्क गर्नु गलत हुन्छ । बेश क्याम्पबाट केहि माथि मिल्ने ठाउँसम्म लाँदा हुन्छ । यसो गर्न सकियो भने करोडौं मान्छे जो सगरमाथा चढ्न वा हेर्न चाहन्छन तर चढ्न सक्दैनन्, बिश्वका त्यस्ता करोडौं मान्छेले सगरमाथालाई नजिकबाट नियाल्ने र अनुभव गर्ने अवसर पाउने थिए, भने देशले अरबौ राजश्व कमाउने थियो । अहिलेलाइ यो सपना र हावा कुरा लागेपनि २०–३० बर्षपछि यो काम पनि पक्कै पुरा हुनेछ । पुरातनबादी मानसिकता भएका मान्छेहरुलाई यस्ता कुरा हावा र असम्भव लाग्छ । तर, समयले सबै कुरा देखाउँछ र सिकाउँछ ।
माधव कमरेड तपाई प्रधानमन्त्री भईसकेको मान्छे हुनुहुन्छ । संसारका धेरै देश घुमिसक्नु भएको छ । आज बिकसित देशका अधिकांश राजधानीमा भूमिगत रेल चल्छन् । बेलायत र फ्रान्स जोड्ने रेल समुन्द्र मुनिबाट चल्छ । दुबईमा समुन्द्रमा भब्य शहर बसाइएको छ । चीनले समुन्द्र मुनिबाट अमेरिकासम्म जोड्ने मेट्रो रेल बनाउने कोशिस गरिरहेको छ (बिश्वास नलागे युट्युबमा समाचारको भिडियो हेर्नुहोला) । अनि नेपालजस्तै भुपरिबेष्टित देश स्वीजरल्यांडले पहाडमा सुरुङ्ग बनाएर संसारको लामो रेल मार्ग बनाउँदै छ । चीनले समुन्द्रमा पिल्लर हालेर मोटर बाटो बनाएको छ भने के हामीले सगरमाथामा केवलकार बनाउन सम्भव छैन ? यदि दुबईमा समुन्द्रमाथि घर समुन्द्रमाथि बाटो र सहर अनि बगैंचा बनाउने कुरालाई हावा कुरा नगरौ, सम्भब छैन, हावा कुरा गरेर समय र पैसा बर्बाद नगरौ भनेर त्यहाँका राजाले भनिदिएको भए आज यत्रो बिकास हुन्थ्यो ?
एउटा नेताले गरिबको नाममा आएको छात्रवृति कोटामा आफ्नो छोराछोरीलाई विदेश पढ्न पठाउन सम्भव छ । भूकम्प पीडितका नाममा आएको कोटामा आफ्न्तलाइ विदेश घुम्न पठाउन सम्भव छ । खाडीको नेपाली मजदुरले जति तलब खाने एउटा सभासदले बर्ष दिनभित्र काठमाडौंमा महल बनाउन र पजेरो किन्न सम्भब छ भने सगरमाथामा केवलकार बनाउन चाँही किन सम्भब छैन ?
सगरमाथामा केवलकार बनाउँदैमा बाताबरण बिग्रिन्छ, सगरमाथाको सौन्दर्य बिग्रिन्छ आदि कुरा गर्नु पछौटे मानसिकता हो । सहि तरिकाले व्यवस्थापन गर्ने हो भने त्यसले सगरमाथालाई कुनै हानि नोक्सानी गर्दैन । स्वदेशी र बिदेशी लगानी अनि प्रबिधि र जनशक्ति पनि सजिलै जुटाउन सकिन्छ । सरकारले योजना सुरु हुने बाटो वा बाताबरण मात्र बनाइदिए पुग्छ ।
त्यसकारण केपी ओलीले बोलेका कुरालाई हावामा उडाउनुको सट्टा सकिने जति गर्दै जानुपर्छ । नयाँ नयाँ काम पनि सुरु गर्दै जानुपर्छ । पुरा हुन नसकेको बाँकी काम भावी पुस्ताले पुरा गर्ने नै छन् तर, अहिलेको बिषम परिस्थितिमा विकास निर्माणको काम गर्न खोज्नु भनेको मंसिरमा धान रोप्न खोज्नु जस्तै भएको छ । कतिखेर खडेरी पर्ने हो थाहा छैन, विपक्षीले कहिले कुलो भत्काई दिने हो भरोसा छैन । तर, एउटा कुरा सबै पार्टीले बुझ्नु जरुरी छ, त्यो के भने अहिले ओलीलाई उडाउनेहरुले अब प्रधानमन्त्री बन्दा चाँही केहि पनि गर्न सकेनन भने जनताद्वारा त्यस्ता पार्टी र नेता तिरष्कार हुनेछन । आगामी निर्बाचनमा त्यस्ता नेता र पार्टी बडारिने छन् ।
विकास सुरु गरे बिकास बढ्छ, बिनाश सुरु गरे बिनाश बढ्छ, युद्ध सुरु गरे युद्ध बढ्छ र त्यसकारण राम्रो कामको सुरुवात गरौं । हरेक व्यक्तिका आ–आफ्नै स्वभाव र बिशेषता हुन्छन । जुन रुपले ओली प्रस्तुत हुन्छन् त्यसले धेरैलाई क्षणिक आनन्द दिन्छ तर दुरगामी प्रभाबका बारेमा धेरैले सोच्दैनन् ।
भूकम्प र नाकाबन्दीपछिको बिषम परिस्थितिमा पहिले जनताको गाँस र बासको व्यवस्था गर्नु सरकारको प्रमुख कर्तब्य हो । पहिलो काम गर्न छोडेर दोस्रो काम गर्न खोग्दा बिपक्षीहरुले उडाउने नै भए । प्रम जस्तो सम्माननीय व्यक्तिले सबै कुरा भाबुक भएर बोल्नु भन्दा सरकारले गर्ने बिकास निर्माणका काम र अन्य निर्णयहरु सूचना तथा संचारमन्त्री वा सरकारका प्रबक्ताले मात्र बोलिदिए सुनमा सुगन्ध हुने थियो । बिभिन्न मन्त्रीले बिभिन्न थरि कुरा गर्नुको सट्टा सरकारको प्रबक्ताले मात्र जनतालाई जानकारी दिने परिपार्टी बिकास हुनुपर्दछ । अनि पार्टीका नेताहरुले पनि पार्टी बिधान र सिद्धान्त बिपरित आआफ्नै ढंगले बोल्नुको सट्टा पार्टी प्रबक्ताले मात्र पार्टीका निर्णयका बारेमा बोलिदिए राजनीति अझ मर्यादित र व्यवस्थित हुने थियो, र आधिकारिक धारणा मानिने थियो । बिभिन्न थरि बिबाद र टिक्का टिप्पणी हुने थिएनन । ओलीले भनेका सबै काम गर्न सकिने खालका नै छन् तर, नेपाल आफैले तेल उत्पादन गर्ने कुरा अलि मिलेन किनकी भर्खर अध्ययन हुदैछ, पर्याप्त तेल उत्पादन गर्ने खालका खानी छन् कि छैनन् एकिन नभई बोल्नु अपरिपक्व हुन् जान्छ । अहिले बिपक्षीहरुले बिरोध गर्नु सरकारमा जाने हतारो मात्र हो । देश बिकासका लागि जुन सरकार आएपनि पाँच बर्ष चल्न दिनुपर्छ । ओलीले बोलेका कुरामा कति शक्ति छ र कति देशभक्ति छ त्यो इतिहासले पक्कै मुल्यांकन गर्नेछ, भने भबिश्यले अवश्य राम्रा कामको परिणाम देखाउने छ ।
हालः यूएई, दुबई ।
















प्रतिक्रिया