१ कार्तिक २०८३, आइतबार

कटरीनाले फेरि छाडिन् सलमानलाई, शाहरुखतिर हिमचिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

katrinaमुम्बई । सलमान खानसँगको रिलेशन बिग्रिरहेका बेला कटरीना कैफले पुनः शाहरुख खानसँग फिल्म खेल्ने भएकी छिन् ।

कटरीना कैफले सलमानसँग फिल्म खेल्न लागेको भनेर बलिउडमा चर्चा थियो । तर, त्यो चर्चा एकाएक सेलाएको छ । सलमान र कटरीनाबीचको प्रेससम्बन्ध र रणबीर कपुरको आगमनले दूरी बढेपछि यो दुई जोडीले फिल्म खेलेको थिएन ।

फिल्म ‘ट्युवलाइट’ सलमान र कटरीनाले एकसाथ काम गर्ने चर्चा थियो । यसअतिरिक्त सोही समयमा उनलाई आनन्द एल रायको निर्देशनमा शाहरुख खानको मुख्य भूमिका रहेको अर्को चलचित्रमा अभियन गर्ने प्रस्ताव आएको छ ।

समय अभावका कारण कटरीनाले कुनै एक चलचित्रमा मात्र काम गर्न सक्ने अवस्था थियो । त्यसैले उनले सलमान खानसँग काम गर्ने अवसर त्यागेर शाहरुख खानसँगको चलचित्रलाई स्वीकार गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यसअघि कट्रिना र शाहरुखले ‘जब तक हे जान’ मा एकसाथ काम गरेका थिए ।

उल्लेखनीय छ, शाहरुख र सलमानबीच पनि राम्रो सम्बन्ध छैन । त्यसैले कटरीना कैफको रोजाईमा शाहरुख पर्नु सलमानका लागि राम्रो समाचार होइन । – एजेन्सी