१ कार्तिक २०८३, आइतबार

बाटो मुनिको फुल-२ भैरहवामाः अन्तरजातीय विवाह गर्नेले स्कुटर पाउने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bato-muni-ko-ful– माधब न्यौपाने
भैरहवा । नेपाली कथानक चलचित्र बाटो मुनिको फुल–२ को भैरहवामा भव्य प्रदर्शन हुने भएको छ ।

यही जेठ १५ गते शनिबारको दिन दिनको ठिक एक बजेदेखि भैरहवाको पदमाश्री चलचित्र हलमा उक्त फिल्मको प्रदर्शनी हुने भएको हो ।

दलित अधिकार मञ्च रुपन्देही, रुपन्देही सुनचाँदी व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर, नेपाल सुनचाँदी कालिगढ समिति सिद्धार्थनगरको संयुक्त आयोजनामा उक्त फिलिमको प्रदर्शनी कार्यक्रम हुने सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएका छन् ।

नेपाली समाजमा रहेको कुपर्था, छुवाछुत तथा विभेद अन्त्य गर्नको लागि सकारात्मक सन्देश दिइएको यस फिलिमले समाजमा पक्कैपनि विभेद अन्त्य गरी सामाजिक रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा राखेर यो फिलिमलाई प्रदर्शनमा ल्याउन लागिएको कार्यक्रमका संयोजक किस्मत विकेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

रिदम फिलिमको व्यानरबाट बनेको र यस कुमारले निर्माण गरेको उक्त फिलिममा नायक, गायक, सामाजिक रुपान्तरणका अभियान्ता लगायतको भूमिका स्वयम यस कुमारले नै निर्भाह गरेका छन् भने नायिकाको रुपमा रिमा विश्वकर्माले आफ्नो भूमिका निर्भाह गरेकी छन् ।

दलित अधिकार मञ्च रुपन्देहीका कोशााध्यक्ष सतिस कुमार कौशलको अध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रेमकुमार सेन्चुरीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा आयोजक संस्थाका सम्पूर्ण अध्यक्षहरु लगायतको उपस्थिति थियो ।

अन्तरजातीय विवाह गर्नेलाई स्कुटर पुरस्कार

बाटो मुनिको फुलको फिलिमबाट निकै चर्चाको शिखरमा पुगेका यस कुमारले आफ्नो जीवनकालमा एउटा नयाँ सपना देखेका छन् । समाजमा रहेको कुपर्था, छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्ने उदेश्यका साथ फिलिमको निर्माण गरेका उनले अन्तरजातीय विवाह गर्नेलाई स्कुटर पुरस्कारको समेत घोषणा गरेका छन् । यद्यपी यो पुरस्कार अन्तरजातीय विवाह गर्ने सम्पूर्णले भने पाउने छैनन् । अन्तरजातीय विवाह गरी विवाह दर्ताको प्रमाण पत्र पेश गर्ने नेपाल भरीका सम्पुर्ण मध्येबाट गोला प्रथागरी एक जना भाग्यशालीले यो स्कुटर पुरस्कार पाउने छ ।

यसरी स्कुटर नै पुरस्कारको घोषणा गर्नुको मूख्य उदेश्य छुवाछुत प्रथाको अन्त्य गरी अन्तरजातीय विवाह गर्न उत्साहित पार्नु मात्र नभई मूख्य रुपमा त अन्तरजातीय विवाह गर्नेको संख्या अहिले नेपालमा बढदै गएपनि त्यस्ता जोडीहरुले विवाह दता नगरेको परिवेशमा त्यसबाट पर्ने असरलाई मध्य नजर गर्दै अन्तरजातीय विवाह गर्ने जो कोहीले पनि अनिबार्य रुपमा विवाह दर्ता गरुन भन्ने उदेश्यले यस्तो योजना अगाडी सारेको यस कुमारले जानकारी दिए । बाटो मुनिको फुलको देशैभर प्रदर्शन भए पश्चात करिब २–३ महिना पछि अन्तरजातीय विवाह गरेको विवाह दर्ताहरु उपलब्ध भएको आधारमा गोलाप्रथाबाट एक जनालाई स्कुटर पुरस्कार प्रदान गरिने समेत उनले बताए । पुरस्कारको प्रायोजन होण्डा कम्पनिले गरेको छ ।