१ कार्तिक २०८३, शनिबार

पुणेमा मोटरसाइकल दुर्घटना हुँदा दुई नेपाली युवाको मृत्यु, दुई घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pune-main– शेरबहादुर थापा
पुणे (भारत), ९ जेठ । भारतको पुणेस्थित भोसरीमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

गत शुक्रबार तीव्र गतिमा विपरीत दिशातर्फ गइरहेका मोटर साइकलहरु भोसरीस्थित एमआइडिसीमा एकापसमा ठोक्किएका थिए ।

मृत्यु हुनेमा दैलेख जिल्ला दुल्लु नपा ३ का २७ वर्षीय हर्कबहादुर विश्वकर्मा र अर्का एक स्थानीय युवा रहेको स्रोतले बताएको छ ।

गम्भीर दुर्घटनामा परि घाइते भएकाहरुलाई तत्काल एक स्थानीय अस्पतालमा लगिएको थियो भने डाक्टरले दुवै घाइतेलाई मृत घोषण गरेका बताइएको छ ।

उता मोटरसाइकलको पछाडी बसेका मृतक हर्क विकका आफ्नै भाई मुकुन्द विक र मृतकका आफन्त टेकु विकको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

मृतक हर्क विकको पुणेस्थित उनका आफन्त एवं अन्य नेपाली संग संगठनहरुको पहलमा गत शनिबारै अन्तिम दाहसंस्कार समेत गरिएको छ । मृतक हर्कबहादुर विश्वकर्मा भोसरीस्थित काठको कम्पनीमा काम गर्दै आइरहेका थिए ।