३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा ठकुरीलाई स्वर्ण पदक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thakuri– विजय थापा

वाशिंगटन डिसी । डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका कराते खेलाडी उज्ज्वल ठकुरीले म्यारील्याण्ड भिक्ट्री कप कराते प्रतियोगितामा नौलो खतरनाक ब्रेकिङ्ग प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।

ठकुरीले आजसम्म कसैले नगरेको नौलो प्रस्तुति गरस् नयाँ कीर्तिमान गर्ने जानकारी गराएपछि म्यारील्याण्ड भिक्ट्री कप कराते च्याम्पनशिपमा उनलाई आयोजकले प्रदर्शन गर्न आमन्त्रण गरेका थिए ।

उनलाई यो अद्वितीय खतरनाक कीर्तिमान कायम गर्न ३ वर्ष लागेको छ । उनले बिगत ३ वर्षदेखि क्रमस ५ ,१० ,१५ पाउण्ड दातले उचाल्ने प्रयास गर्दै सम्पन्न प्रतियोगितामा अन्ततगत्वा ४० पाउण्ड दाँतले उचाली दुवै खुट्टा फाडेर अगाडि राखिएका दुई वटा काठ तोड्न सफल भएका छन् ।

उनले दुवै खुट्टा फाडेर एक हातमा काठ लिदै नजिकबाट अर्को हातद्वारा तोड्दै नयाँ ईतिहास कायम गरेका छन् । यस्तो तोड्ने काममा अर्का व्यक्तिले समात्ने गरिन्छ भने ठकुरीले आफैले एउटा हातले समातेर एक इन्चका काठलाई नजिकबाट कसैको सहारा बिना तोडेका थिए ।

ठकुरीले अहिलेसम्म ९ स्वर्ण ४ रजत र ४ कास्य जित्न सफल भएका छन् । जसमध्ये ७ वटा स्वर्ण पदक करातेमा, एउटा तेक्वान्दोमा र एउटा करातेको खतरनाक ब्रेकिङ्गमा स्वर्ण पदक प्राप्त गरेका छन् ।