३० आश्विन २०८३, शुक्रबार

गैरआवासीय नेपाली संघ क्यानडा निलम्बन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NRNA logoटोरन्टो । गैरआवासीय नेपाली संघ क्यानडा निलम्बनमा परेको छ । क्यानेडियन संघ संस्था सम्बन्धि प्रचलित कानुनअनुसार संघले आफ्नो आर्थिक तथा प्रगती विवरण अध्यावधिक गरी सम्बन्धित निकायमा समयमै नबुझाएकाले एनआरएन–क्यानडा निलम्बनमा परेको हो ।

संघ संस्था नियमन गर्ने निकाय इन्डस्ट्री क्यानडाले एनआरएन क्यानडालाइ २०१६ फेब्रुवरीदेखि अप्रिल १८ तारिख सम्म आफ्नो वार्षिक विवरण बुझाउन भनेको थियो ।

तर संघका पदाधिकारीको लापरबाहीका कारण समयमै प्रतिबेदन बुझाउन नसक्दा निलम्बन हुने स्थिति आएको हो ।

संघको यस अघिको कार्यकालमा आर्थिक संकलन र अतिरिक्त क्रियाकलाप धेरै नै सम्पन्न भएका थिए जसको लेखाजोखा यकिन गर्न नसक्दा बर्तमान समिति कागको कुहिरो भएको सहजै अनुमान गर्न सकिन्छ ।

उसोत संघको अधिबेशनताका आर्थिक प्रतिबेदन पारित नभए पछि छानबिन गर्न लेखा बिज्ञ सहितको एउटा टोलि गठन नै गरिएको थियो ।

कुन साल सम्मको लेखा परिक्षण सहितको प्रतिबेदन बुझाउनु पर्ने हो त्यो नखुलाए पनि अझै पनि जरिवाना सहित यथाशिघ्र संघको आर्थिक र प्रगति विवरण बुझाएमा संघ बिघटन बाट जोगिन सक्ने क्यानेडियन नियमन निकायले जनाएको छ ।

………….

Industry Canada / Industrie Canada Symbol of the Government of Canada
Corporations Canada
Non-Resident Nepalis -National Coordination Council-(NRN CANADA) (Corporation Number: 441477-2) is in default of filing its 2016 annual return which was due to be filed between 2016-02-18 and 2016-04-18.
CAUTION
Failure to file an annual return may result in the dissolution of the corporation. Dissolution terminates the existence of a corporation and can have serious legal repercussions, particularly if the corporation is a registered charity under the Income Tax Act.