३० आश्विन २०८३, शुक्रबार

जान्नुस् परवल खानुका ६ वटा महत्वपूर्ण फाइदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parwal_146348095264_650_051716040142

एजेन्सी । गर्मी मौसममा तरकारीमा उत्तम मानिन्छ परवल । परवलको एउटा गज्जबको विशेषता भनेको लामो समयसम्म ताजा रहन्छ ।

यो सब्जी हाम्रै बारीमा समेत फल्छ ।

परवलमा भिटामिन ए, बी, बी–२ र सी भरपुर मात्रामा पाइन्छ । यसका अलावा यो क्याल्सियमको पनि राम्रो स्रोत हो । यसको बोक्रामा मैग्रीशियम, पोटैशियम र फस्फोरस पनि भरपुर मात्रा हुन्छ ।

परवल खानुका फाइदाः

– परवल छालासम्बन्धी समस्याका लागि फाइदाजनक छ । परवलमा रहेको विउले कब्जीयत र पाचनसँग जोडिएका समस्याहरुमा फाइदाजनक छ । मधुमेहका विरामीका लागि विशेषगरी परवलको तरकारी खान सल्लाह दिइन्छ ।

– परवलमा रहेको एन्टी अक्सीडेन्ट बढ्दो उमेरको लक्षण कम गर्न मद्दतगार हुन्छ । यसले मुहारको चाउरी र डण्डिफोर पनि हटाउनमा मद्दत गर्छ ।

– परवलले इम्यून सिस्टमलाई राम्रो बनाउँछ । यसले ज्वरो, रुघाखोकी, छालाको इन्फेक्शन र चोट चाँडो निको पार्न मद्दत गर्छ ।

– यदि तपाईको बच्चालाई भोक नलाग्ने समस्या भने उसलाई परबलको तरकारी खुवाउनुस् । परवलको प्रयोगले पेटभित्र किरा मर्छन् ।

– परवलमा भरपुर मात्रामा डाइट्री फाइबर्स पाइन्छ । जसले पाँच प्रणाली नियमित बनाउँछ ।

– परवलको लेपले पेन–किलरजस्तै काम गर्छ ।