नेपाली राजनीतिका शीर्ष पुरुष मदन भण्डारी नेपाली जनताका प्रिय नेता र प्रखर बक्ता थिए । २०४६ सालमा जन–आन्दोलन सुरु गरौ भनेर योजना बनाउने र कांग्रेस संग आन्दोलनको संयोजनकारी भूमिका निर्बाह गर्ने व्यक्ति मदन भण्डारी नै हुन् । एमालेको मात्र होइन नेपाली राजनीतिको कहिले नभत्किने बलियो जग मदन भण्डारीले नै बनाइदिनु भएको हो । तर बलियो घर बनाउन भने पाहुनु भएन । लिसिंग पिसिंग बनेको घरमा अयोग्य व्यक्तिहरुको राज छ । यस्तो पाराले देश कसरि अगाडि बढ्छ ? अनि एमाले कसरि सफल होला ? देशको प्रगति कसरि होला ? नेपालको भबिश्य कसरी बन्ला ? मोचन गर्ने कोहि छ ?
नेपाली राजनीतिका खेलाडीहरु घाइते, अपाङ्ग, बुढा, सुस्त, अज्ञानी, भ्रष्ट, स्वार्थी, असक्षम र सामन्तीपाराका छन् । युवा सहि बाटोमा आउन सकेका छैनन्, किनकि सहि मार्गदर्शन दिने र सहि बाटो देखाउने मदन भण्डारीको खाचो कसैमा पूरा गर्न सक्ने खुबीनै छैन । सिद्धान्त, क्षमता र इमान्दारितालार्इ जित्न नसके पछि उहाँलाइ षड्यन्त्रमा पारेर त्रिशुलीमा खसालियो ।
अहिले बनेको संविधानको बारेमा त्यहि बेला स्पस्ट धारणा राख्नेका मदन भण्डारीले औल्याउनु भएका कतिपय बुँदा अहिले पनि हुबहु लागू छन् । मदन भण्डारीको जबज ले त नोबल शान्ति पुरुस्कार पाउनु पर्थ्यो किनकि कम्युनिस्टहरुलार्इ जबज ले युद्धबाट बहुदलीय प्रतिस्प्रधामा ल्यायको छ, नत्र बिश्वका कयौ देशमा युद्धबाट सत्ता कब्जा गर्ने लडाई चलिरहेको हुन्थ्यो, लाखौ मान्छे मरिरहेका हुन्थ्ये ।
जसरी उदित नारायणले संगीतको दुनियामा इण्डिया खाए, त्यसै गरी राजनीतिको दुनियामा भण्डारीले दुनिया खाने भए, बिश्वमा क्यम्युनिस्टहरु फेरि बढ्ने भए । त्यसैले त अमेरिकी पत्रिका न्युज वीकले लेखेको थियो । इन नेपाल कार्ल माक्स लाइब अर्थात कार्ल माक्स नेपालमा जीवित छन् ।
आज एमाले भण्डारी नहुँदा डाइरेक्टर बिनाको फिल्म जस्तै भएको छ, सबै जना मै बाठो र मै ठूलो मात्र भन्छन, यो कुरा सहि यो गलत भनेर औल्याउने, सम्झाउने, अराउने, देखाउने र बुझाउने मदन भण्डारी नहुँदा एमालेको उचाइँ धेरैनै घटेको छ । नेपाली राजनीतिज्ञहरुको उचाइ त झनै घटेको छ भने देशको राजनीतिक एकदम गलत दिसातिर गएको छ । भण्डारीले औल्याउनु भएका संविधानका बुँदा लेख्न्न आज हामी ८ वर्षदेखि ६०१ नेता पालेर खर्बौ खर्च गर्दै छौ । आखिर संविधन त त्यहि मदन भण्डारीले सोच्नु भएको र भन्नु भएको कुरानै त आउने रहेछ नि ? समयको परिवर्तनले गर्दा दुइचार बुँदा तलमाथि होला त्यो त भण्डारी जीवित भएको भए पनि समयको माग अनुसार अवश्यपरिमार्जन गर्नु हुन्थ्यो । आखिर ५ खर्ब खर्च गरे पनि ५ लाख खर्च गरे पनि पाउने त त्यहि नै संविधान हो । संविधान कसरी कार्यनयन गरिन्छ त्यसले नै राम्रो संविधानको अर्थसिद्ध गर्छ ।
जसले मदन भण्डारीको हत्या गरायो त्यहिनै जिम्मेबार छ नेपाल गरिब हुनुमा । अहिले इन्डियाले नेपालमाथि गरेको नाकाबन्दी र अरु हस्तक्षेप हेर्दा त मदन भण्डारी मार्न भारतीय रअ को नै हात छ जस्तो लाग्छ, रिपोर्टमा पनि यहि कुरा उल्लेख गरेको छ । किनकि भारत र राजा वीरेन्द्रलाइ भण्डारीले खुला च्यालेन्ज दिनु भएको थियो । जुन देशले मदन भण्डारीको हत्त्या गरायो त्यो देशलाई त् एउटा एटोम बम हाने पनि हिसाब कम हुन्छ, किन कि भण्डारी मरेर नेपाललाई त्यति धेरै नोक्शान भएको छ ।
आज नेपालमा धार्मिक र जातीय राज्यका लागि आन्दोलन भइरएको छ, देशलाइ अराजकतातर्फ धकेलिन खोजिदै छ । कि यीनिहरू देश र जनताको परिवेश नबुझ्नेहरु हुन् कि त बिदेशीद्वारा परिचालित शक्ति हुन् । सबै राजनीतिक पार्टी आआफ्नै राजनीतिक दाउ र स्वार्थमा लागेका
छन् । यदि मदन भण्डारी हुनुभएको भए असक्षमहरु राजनीतिमा आउन र अटाउन सक्ने थिएनन ।
आज एमाले सरकारमा छ । प्रम र राष्ट्रपति जस्तो महत्व पूर्ण पद उसको हातमा छ तर पनि हत्त्याबारे छानबिन हुन् नसक्नु ठूलो दुर्भाग्य हो । एमाले न पोथी न भाले भनेर आलोचना हुनुको एउटा कारण यहि हो र आफ्नै नेता मर्दा त छानबिन गर्न नसक्नेले जनता मर्दा के छानबिन गर्ला भनेर आलोचना गर्नेहरु धेरै छन । एमाले जस्तो जागरुक र जल्दो बल्दो पार्टी यत्ति काम गर्न नसकेर वा नगरेर धेरै आलोचित बन्न पुगेको छ । प्रमले धेरै ढिला भयो अब प्रमाण पाउन गारो छ भनेर त् हिजो मात्र भन्नु भयो, तर प्रम ज्यु छानबिन गर्ने साँचीकै मन भए प्रमाण जुटाउने र अनुसान्धान गर्ने काम तपाइंको होइन । आयोग बनाउने अर्डर मात्र दिनुस, बाँकी काम त्यहि आयोगले गर्छ । भण्डारीको हत्त्याको छानबिन गर्नुहोस एमाले पार्टीको लोकप्रियता झनै बढ्ने छ ।
यदि जबजको सिद्धान्त इमान्दारिताका साथ लागू गर्ने हो भने देशले चांडै काँचुली फेर्ने थियो ।
केहि वर्ष पहिले छापामा एउटा कुरा सुनियो । जब जनयुद्ध उत्कर्षमा थियो त्यहि बेला प्रचण्डलार्इ मार्न केहि शक्तिहरुले माधब नेपाल कमरेडलार्इ सल्लाह या अनुमति या भनौ सहयोग मांगे । अनि राजनीतिमा अपराधीकरण बढ्छ यस्तो गर्नु हुदैन भनेर माधब नेपालले मान्नु भएन रे । यो कुराको जावफ माधब कमरेडले दिनै पर्छ । यस्तै अफर कतै भण्डारीको लागि त गरिएको थिएन ? प्रचण्डलाइ मार्न माधब नेपालको साथ लिन खोजे जस्तै कतै मदन भण्डारीलाई मार्न एमाले भित्रैका नेतालाइ प्रयोग त गरिएको छैन ? हैन भने आफू शक्तिमा हुदा किन मदन भण्डारीको हत्यारा पत्ता लगाउन चाहन्न एमाले ?
स्मरण रहोस गिरिजाप्रसाद कोइराला प्रम हुँदा भण्डारीको हत्यारा पत्ता लगाउ भनेर भएको आन्दोलनमा २०५० सालमा ५ जना सहिद भएका थिए । देशै भरि गएको बाढी पहिरोले गर्दा त्यस बेला एमालेले आन्दोलन स्थगित गरेको थियो । अनि शोक मग्न एमालेले नया नारा तय गर्यो, शोकलाई शक्तिमा बदलौ अब शक्तिमा बदलिएको पार्टीले शोकको कारण खोज्नु पर्दैन त ?
मदन आश्रित स्मृति दिवशका अबसरमा मदन भण्डारीको आत्माले शान्ति पाओस । हत्त्याको छानबिन होस्, सत्य तथ्य जनताको सामु आओस । मदन भण्डारीले सोचेको बाटोमा देश हिँडोस, भण्डारीका सबै सपनाहरु पूरा हुन्, यहि शुभकामना छ ।
















प्रतिक्रिया