३० आश्विन २०८३, शुक्रबार

सिक्किममा ‘सत्यानन्द सदन’को उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SAI  (1)

– जगन दाहाल

गान्तोक, सिक्किम । श्री सत्यसाई सेवा समिति  भारतका राष्ट्रिय अध्यक्ष निमिस पाण्डेय तथा सिक्किम सरकारका स्वास्थ्य विभागका मन्त्री एके घतानीले आज यहाँको सेलेप ट्याङ्की परिसरमा ‘श्री सत्यानन्द सदनको’ उद्घाटन गरे। यस अवसरमा अध्यक्ष पाण्डेय मुख्य अतिथिको रूपमा उपस्थित थिए भने मन्त्री घतानी विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए। आफ्नो सम्बोधनमा मन्त्री घतानीले आफू मन्त्री तथा अतथिको रूपमा कार्यक्रममा आएको होइन तर एउटा भक्तको रूपमा यहाँ आएको बताए। राज्यका मुख्यमन्त्रीले सम्पूर्ण दिशामा राज्यको विकास गरेको घतानीले बताए। उनले सदनको निर्माणमा यहाँका विशेष महिलाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि मन्त्रीले बताए।

यसै अवसरमा यहाँको बालुवाखानीस्थित धर्म निलयम (साई मन्दीरमा) भएको कार्यक्रममा साईवान नामक मोबायल एप्लिकेशनक राष्ट्रिय अध्यक्ष लगायत सिक्कम राज्य स्तरीय समितिका सदस्यहरूको उपस्थितिमा सार्वजनिक गरियो। यस अवसरमा श्री सत्यसाई सेवा समिति सिक्किमका अध्यक्ष रतन प्रधानले राज्यमा समितिले गरेका कार्यक्रमहरूको विविरण प्रस्तुत गरे। उनले हाल राज्य स्तरीय समितिको निगरानीमा 33-वटा समिति, 209-वटा बाल-विकास केन्द्र रहेको जानकारी दिए। उनले राज्यको बाल-विकासहरूमा7496 जना विद्यार्थीहरू अध्ययनरत रहेको र वर्ष 2020 सम्ममा यसलाई बढाएर दस हजार सम्म पुर्याउने लक्ष लिएको बताए। उनले अहिले सम्म समितिले 14वटा गाउँहरूलाई गोद लिएको पनि जानकारी दिए। कार्यक्रमलाई सम्बोधन गर्दै श्री सत्यसाई गाउँ एककृत कार्यक्रम (एसएसएसभीआईपी) तथा प्राकृतिक आपदा प्रबन्धन सिक्किम राज्य समन्वयक पुनम प्रधानले समितिले आपदा प्रबन्धनमा गरेको वकासमाथि प्रष्ट पारे। उनले समितिले सिक्किम, दार्जेलिङ तथा नेपालमा गएर प्रभावित परिवारहरूलाई  पुर्याएको सेवामाथि प्रकास पारे। गाउँ एकिक्रित कार्यक्रममा समितिले राज्यका असहाय, गरीब र अनाथहरूलाई विशेष सहयोग पुर्याउने गरेको छ। राज्यका कतपयः गाउँका झोपडीमा बस्ने मानिसहरूको घर निर्माण, निर्धन नागरिकहरूका नानीहरूलाई पढाईमा र प्रत्येक जिल्लाका एक-एक बिमारीहरूलाई गोद लिएर उपचार गराइदिने गरेको पनि उनले बताए।

सिक्किम साई राज्य हो। यस राज्यलाई भगवान साईको आशिर्वाद रहेको छ। सिक्कमलाई राष्ट्रिय कार्यकारीहरूको  सलाह होइन राष्ट्रलाई सिक्किमको सलाहको जरुरत रहेछ। उक्त कुरालाई प्रकासमा ल्याउँदै राष्ट्रिय अध्यक्ष पाण्डेयले श्रीसत्य साई सेवा समिति सिक्किमबाट कार्य प्रणालीको शिक्षा लिन देशका विभिन्न राज्यहरूबाट राज्य स्तरीय समितिका अध्यक्षहरूलाई लिएर आउने जानकारी दिए। उनले अघिल्लोसाल दस दिनको यात्रमा  सिक्कम आउने पनि जानकारी दिए। उनी अर्को साल राज्यका प्रत्येक मण्डलीको  भ्रमण गर्ने पनि बताए। अन्य राज्यहरूमा समितिले काम गरेको हो-हल्ला चारै तर्फ गुञ्जिन्छ तर पूर्वोत्तर राज्यहरूले चुपचाप यस्तो सेवा कार्य पुर्याएको यहाँ आएरमात्र थाहा पाइयो। उनले सिक्किम, आसाम र मणिपूरले पुर्याएको सेवाको सुगन्धलाई पूरा हिन्दूस्तानमा फिँजाउने बताए।

साई समिति भनेको कुनै गैर सरकारी संस्था होइन। यसले साईको दिशा निर्देश अनुसार राष्ट्रको हितमा काम गर्छ। साईबाबाले आफू पनि भगवान बन र अर्कामा पनि भगवान देख्ने कोशिष गर यस्तो ज्ञान दिएका छन्। उनले मन्दीर, मस्जीद, गर्जाघर, गुम्पा इत्यदी केवल प्रेरणाका श्रोतमात्र रहेको र यसले मानिसलाई केवल जिउने आधारमात्र दिनेगरेको  बताए। उनले अर्कालाई सुधार्ने कोशिष गरेको भन्दा आफू पहिले सुद्रिएको राम्रो भन्ने कुरमा जोर दिए। कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष एन रानाई, श्री सत्यसाई गाउँ एककृत कार्यक्रमका राष्ट्रिय समन्वयक डा. कोटेश्‍वर राव, श्रीसत्य साई राष्ट्रिय  आईटी समन्वयक सुन्दर स्वामिनाथन् तथा राष्ट्रिय बालविकास अध्यक्षहरूको उपस्थिति रहेको थियो।

जायन गायन प्रतियोगिताको पहिलो अडिशन सम्पन्न

यहाँको तादोङ डाँडागाउँमा जायन गायन प्रतियोगिताको पहिलो अडिशन सम्पन्न भयो। यूसीडब्ल्यूएसएस-को ब्यानरमा जेट्-मिनिष्ट्रिस् फर द ग्लोरी गडको प्रायाजनमा गरिएको यस प्रतियोगितमा पूर्व र उत्तर जिल्लाका 70 अधिक प्रतिभागीहरूले भाग लिएका थिए। यस अवसरमा यूसीडब्ल्यूएसएसका अध्यक्ष एस पत्रुस मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रम आायोजक पासङ भोटियाले बताए अनुसार यस कार्यक्रमले गायन क्षेत्रमा रूचीराख्ने युवाहरूलाई उच्च मञ्च प्रदान गर्ने बिचार लिएको बताए। उनले जायनको अर्थ इष्वरको वासस्थान रहेको बताउँदै यस प्रतियोगिताको नाम पनि यसै अनुरूप  राखेको बताए। प्रतियोगितमा जाना गुरुङ, सानु लेप्चा,एनक राई निर्णायक मण्डलीको रूपमा रहेका थिए भने छोङ लेप्चाले कार्यक्रमको सञ्चालन गरेका थिए। पहिलो राउण्डबाट जम्मा 50 जनालाई चयन गरियो। अघिल्लो राउण्ड रम्फू, नाम्ची हुँदै गेजिङमा पनि गरिने आयोजक भोटियाले बताए।

प्राकृतिक धरोहर महिनबास छाँगो

पश्‍चिम सिक्किमको उत्तरेस्थित महिनबास छाँगा (हिडन फल्स)ले धेरैमात्रामा देशी विदेशी पर्यटकहरुको मन जित्न सफल बनेको छ। सिक्किम भारतको सानो राज्य भएतापनि पर्यटन ब्यवसाय फस्टाएर गइरहेकोछ। यसै फलस्वरुप पर्यटन छेत्रमा विकसित बनेको सिक्किम राज्यमा अधिक मात्रमा स्वदेशी एवं विदेशी पर्यटक आउन सक्ने भबिष्यमा सिक्किमलाई सर्वश्रेष्ठ राज्यको रुपमा चिन्हित गर्न सकिन्छ। पश्‍चिम जिल्लको उत्तरेले ग्रामीण पर्यटनको क्षेत्रमा खुबै तरकी गरिरहेको छ भने लक्षेप्रै प्राकृतिक धरोहर रहेको हुनाले उत्तरे पर्यटन ब्यवसायबाट धेरै मात्रमा लाभ उठाइरहेको स्थानीय बताउछन्। यसले उत्तरेको प्राकृतिक सौन्दर्यमा थप योगदान पुर्याएको देखिन्छ। यस छाँगाले हजारौं पर्यटकको मनजित्न सफल बनेको छ। यस  झरनाको माथिल्लो भागमा भीर मौरी  (जंगली मौरी) बस्ने गरेर त्यहाँबाट मौरीको मह झर्नेगरेको हुँदा महिनबास नाम राखिएको गाउँलेहरू बताउँछन्। स्थानीय गणेश च्याङ्बा बताउँछन् यस झरनाको माध्यमबाट यहाँका युवाहरूले काफीमात्रामा फायदा उठाउने अवसर पाएका छन्। गणेशको भनाइ अनुसार नेपाल र सिक्किमका मानिसहरूले विवाह-बटूलोमा जाँदा यही छाँगाको साइनू पूल तरेर जानेगरेको भन्ने कुरामा विश्‍वास राख्दछन्। अर्कोतर्फ यस झरनाको माथीलो भागमा धेरै भीर मौरीले बास गरेको दृश्यले अझ छाँगाको  उपमालाइ बडाएको छ। केहीसाल अघि नेपालबाट अवैध ब्याक्तीहरु आएर मौरी काडेर लैजाने गर्थें। अहिले सिक्किमका जंगलहरु वन बिभागको रेखदेखमा भएको हुनाले ती वन्य सम्पदाहरु सुरिक्षत रहेका छन्। यहाँको सौर्न्दर्यतामा पर्यटकहरु महिना दिन सम्म टिक्ने गरेको बताउछन्। यसै सन्दर्भमा कलकत्ता निवासि एक पर्यटक सुबङकर मुखर्जीले यस स्थानको धेरै प्रसंशा गरेका छन्।