३० आश्विन २०८३, शुक्रबार

एनआरएनएको क्षेत्रीय सम्मेलनको तयारी तीब्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Welcome to the DoubleTree by Hilton Hotel Newark Airportअमेरिका । एनआरएनएको ९औं क्षेत्रीय सम्मेलनको कार्यसमितिको बैठकले बिभिन्न निर्णयहरु गरेको छ ।

निर्णयअनुसार एनआरएनए ९ औं क्षेत्रीय सम्मेलन आगमी अगष्ट महिनाको २७ र २८ मा न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा हुने भएको छ ।

समितिले क्षेत्रीय सम्मेलन तयारीका लागि आबश्यक आधारभूत तयारी र बिभिन्न कमिटिहरु बनाउने कार्य सुरु गरेको छ ।

…………

प्रकाशन तथा प्रचार-प्रसार कमिटी गठन

सम्मेलनको सूचना सबैभन्दा प्रमूख हुन आउने भएकोले एनआरएनए उत्तर अमेरिकाका रिजनल मिडिया कोअर्डिनेटर कृष्ण के सी को संयोजकत्वमा प्रकाशन तथा प्रचार-प्रसार कमिटी गठन गरिएको छ। कमिटी सदस्यहरुमा एनआरएन अमेरिकाका मिडिया कोअर्डिनेटर सर्वज्ञ वाग्ले, एनआरएन क्यानाडाका प्रवक्ता तथा मिडिया संयोजक कृष्ण “किस्मत” भण्डारी र एनआरएन चिलीका मिडिया पर्सन (नाम बाँकी) सदस्य रहनु भएको छ।

सूचनाको सम्प्रेषण कहाँ कहाँ पाइने?

सम्मेलनको सूचना एनआरएनए (http://nrna.org.np/) ९ औं क्षेत्रीय सम्मेलन र एनआरएन अमेरिकाका (https://nrnnccusa.org/) दुवै वेबसाइटहरुमा अपडेट गरिने छ। यसका साथै एनआरएन क्यानाडा (http://www.nrnacanada.org/) र एनआरएन चिलीमा समेत अपडेट गरिने छ । यी सबै मध्ये अमेरिकाको वेबसाइट (https://nrnnccusa.org/) चाँहि होस्ट बेस बनाइने छ ।

होटल बूकिंग गर्न सजिलो बनाइने

यो पटक होटल बूकिंग सरल बनाइने छ। सबैको सुबिधा अनुसार आफै बूकिंग गर्न एउटा कोड प्रदान गरिने छ र बूकिंग लिंक वेबसाइट र संचारमा समेत उपलब्ध हुनेछ। सहभागी हुने सबैले आफ्नो सुबिधा अनुसार बूकिंग गर्न सक्नेछन। तर होटलले दिने रेट भने कार्यक्रम भन्दा फरकको दिनको फरक हुन सक्नेछ।

मिडिया पार्टनरहरु

यो पटक अमेरिका, क्यानाडा, चिली र संसारका सबै नेपालीहरुका संचारका माध्यमहरुलाई जो यो सम्मेलनलाई सूचना दिएर सहयोग गर्न चाहनु हुन्छ ति सबैको नाम वेबसाइटमा लिष्ट र वेबलिंक समेत पोस्ट गरिने छ ।

प्रेसपास

सम्बन्धित देशको प्रेस आइडि/पास या आधिकारिक प्रेस आइडि भएका संचारकर्मीहरुलाई वाक-इन प्रेसपास, रजिष्ट्रेशन गर्दाको समयमा प्रदान गरिने छ। सूचना बाहेक प्रेसपासमा कुन-कुन सुबिधा उपलब्ध हुने भन्ने निर्णय ब्यबस्थापन कमिटिले गर्ने छ र सोको जनाकारी पछि गराइने छ।

प्रेस कन्फ्रेंस/पत्रकार भेटघाट अगष्ट २६ सुक्रबार सांझ गरिने अगष्ट २६ सुक्रबार सांझ, सोही होटलमा कार्यक्रमबारे जानकारी तथा सूचना प्रदान गर्नको लागि पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिने छ।

  • कृष्ण के सी

रिजनल मिडिया कोअर्डिनेटर

एनआरएनए उत्तर अमेरिकाका