काठमाडौं, ४ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका पोलिट ब्यूरो सदस्य तिलक परियारले पार्टी छाड्ने अन्तिम तयारी गर्नुभएको छ ।
नेता परियारले पछिल्लो समय एकीकृत माआवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बाक्लो हिमचिम बढाउनुभएको स्रोतको भनाइ छ ।
प्रचण्डसँग सोमबार साँझ ललितपुरको सातदोबाटोमा गोप्य वार्ता गर्नुभएका परियारले ‘विप्लव’ माओवादीलाई छाड्ने तयारी गर्नुभएको छ ।
शालिन र भद्र स्वभावका नेता परियारलाई ‘विप्लव’ माओवादीका भगौडा नेता तेजबहादुर मिजारले ‘प्रचण्ड’ माओवादीमा भित्र्याउन खोज्नुभएको आरोप छ ।
पार्टी गतिविधीबाट टाढा रहेका मिजारलाई ‘विप्लव’ माओवादीले कारबाही गरेर निस्काशन गरेको थुप्रै भइसकेको छ ।
आफैले कारबाही गरेका मिजारको पछि लागेर ‘प्रचण्ड’को सम्पर्कमा पुगेका नेता परियार जेठ ६ गते एमओवादीमा प्रवेशको तयारी गर्नुभएको स्रोतको दाबी छ ।
यस विषयमा सोध्न खोज्दा माओवादी नेता परियारको मोबाइलमा सम्पर्क हुन सकेन । तर, नेता परियारले फेसबुकमार्फत आफ्नाविरुद्ध आएका भ्रामक समाचारको पछि नलाग्न सबैलाई आग्रह गर्नुभएको छ ।
………..
आदरणीय दाजुभार्इ दिदीबहिनीहरू
मेरो बारेमा अनावश्यक र अनर्गल प्रचार गरी झुठो प्रचारहरू भैरहेकोमा मेरो ध्यानाकर्षण भएको छ । प्रचार गरे अनुसार मेरो कुने पनि सोँच बनाएको छैन । विचार र राजनीति भनेको निष्ठा र स्वैच्छिक सेवा हो । कसैले जबरदस्ती लादेर वा गलत प्रचार गरेर मान्ने कुरा होइइन । तसर्थ कोही पनि भ्रममा नपर्न आग्रह गर्दछु ।
तिलक परियार















प्रतिक्रिया