मुम्बई, ४ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार रातिको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकत्ता नाइट राइडर्सलाई ९ विकेटले रहाएको छ ।
कोलकाताले प्रस्तुत गरेको १ सय ८४ रनको लक्ष्य बैंग्लोरले १८ दशमलव ४ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको थियो ।
कप्तान विराट कोहली र एबीडी भ्लियर्सको नटआउट ११५ रनको साझेदारी गरे । क्रिश गेलले बिस्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४९ रन बनाए ।
कोहलीले ७५रन बनाउने क्रममा ५१ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरेर । एबी डी भिल्यिर्सले ५९ रन बनाउने क्रममा ३१ बल खेल्दै ५ चौका र तीन छक्का प्रहार गरे ।
कोलकाताका सुनिल नरिनले एक विकेट लिए । यसअघि टस हारेर बैंग्लोरमा पहिले ब्याटिङ गरेको कोलकाताले पूरै २० ओभरमा पाँच विकेट गुमाएर १ सय ८३ रन बनायो ।















प्रतिक्रिया