– मिना गुरुङ
जति बेला म हङकङको रेडियोबाट बृटिस गोर्खाफौजका लागि समाचार र सुचना मुलक कार्यक्रम प्रस्तुत गदर्थे त्यो बेलामा नेपालमा निजी क्षेत्रबाट संचालित रेडियो पत्रकारिताको शुरुवात समेत भएको थिएन । नेपालमा ब्यावसायिक रेडियो पत्रकारितको शुरुवात भन्दा धेरै अगाडी मैले सन् १९८८ मा हङकङमा पत्रकार भएर काम गरिसकेकी छु । म गुरुङ समुदायमा जन्मेहुर्केकी भए पनि नेपाली भाषा साहित्यमा धेरै नै अभिरुचि राख्छु । मलाई सानुमा शिक्षिका हुन मन लाग्दथ्यो । त्यो मेरो इच्छा केहि समय सम्म पुरा भयो । एसएलसी पास गरेपछि आईएड पढ्दै गर्दा मेरो बिवाह लाहुरे परिवारको केटासंग भयो । मलाई शिक्षा दिने शिक्षक शिक्षिकाहरुले पढ्नको लागि सँधै अभिप्रेरण दिईरहदा र पढ्ने तिब्रइच्छा हुँदाहुँदै पनि मलै आफ्नो पढाईलाई अधुरै छाडेर बिदेशिनु पर्यो । यो कुनै रहर होईन मेरो बाध्यता थियो । मैले पढ्न नपाएको कुराले मलाई सधै मनमा पिरोली रहन्थ्यो । म मा उच्च शिक्षा लिने धोको सधै रहिरह्यो र त्यो अहिले बल्ल पुरा भएको छ । म अहिले पत्रकारिता बिषयमा ब्याच्लर सकेर मास्टर्स गर्ने तरखरमा छु । म स्कुल र कलेज स्तरमा पनि नेपाली भाषा साहित्यमा राम्रै दखल राख्ने खालकी थिएँ ।
हङकङमा पनि श्रमजिवी पत्रकारको पक्षमा मैले आवाज उठाएँ । पारिश्रमिकमा एकरुपता थिएन । घण्टाको हिसावले काम गर्नु पर्दथ्यो र तर घण्टाको कति तलव पाईन्छ भनेर कसैले सोध्ने आँट समेत गर्दैनथे । पारदर्शिता र सुशासनको पक्षमा मैले बिदेशमा आवाज उठाउँदा ब्यवस्थापन पक्ष समेत रिसायो । आखिरमा यो अधिकार सबैले पाए र साथीहरु खुशी भए ।
बिवाह भएर पहिलो पटक म श्रीमान्संग हङकङमा जाँदा मलाई पत्रकारिताबारे केही थाहा थिएन । लाहुरेनीको परिचयमा हङकङ बस्दा आर्मी क्याम्प भत्रै नेपाली र अंग्रजी दुवै भाषमा रेडियो कार्यक्रम संचालन हुने गर्दथ्यो । बृटिस गोर्खा फोर्स अर्थात गोर्खा फौजका लागि पनि छुट्टै रेडियो संचालित थियो । उक्त रेडियो कार्यक्रमका लागि महिला स्वरहरुको आवश्यक्ता पर्ने गर्दथ्यो । तर हाम्रो समुदायमा पढेलेखेका महिलाहरुको कमी थियो । हङकङमा रहँदा म लाहुरेको परिवार भित्र कै नेतृत्व गर्न सक्ने महिलाको रुपमा चित्रित भएकी थिएँ । त्यसै बेला बिएफ.बिस. रेडियो कार्यक्रमका लागि आवेदन खुल्यो र मैले पनि पत्रकारिता जस्तो ग्लामर पेशा गर्न ईच्छुक भएर जागिर खाने निधो गरें । श्रीमान् बृटिस आर्मी भएपनि हामीलाई बिदेशमा बसेर दैनिक गुजारा चलाउन अफ्ठेरो नै थियो । कमाई पनि हुने एक्सपोजर पनि पाईने र आफ्नो रुचिको बिषय पनि भएकोले मैले शुरुमा थोरै पैसामा स्वंसेवकको रुपमा काम गर्न थालें । मेरो काम नेपालबाट आएका समाचारहरु सम्पादन गर्नुपर्ने र समाचार बाचन गर्नुपर्ने थियो । त्यसैगरी सूचनामुलक कार्यक्रम र महिला अधिकारसंग सम्बन्धी कार्यक्रमहरु पनि संचालन गर्दर्थे । यसरी रेडियोमा काम गरे बापत मैले पाँच हजार हङकङ डलर पारिश्रमिक पाउने गर्दर्थें ।
बिदेशमा रहेर रेडियो पत्रकारको रुपमा काम गर्नु कम चुनौतिपूर्ण बिषय थिएन । तर त्यो भन्दा चुनौतिको बिषय एउटी आर्मी पत्नी र तीन वटा स—साना सन्तानको आमा भएर टाइमटेबल मिलाएर हिड्नु पनि थियो । मैले मेरा स साना बच्चाहरुको रेखदेख गर्नको लागि संगै पल्टनमा हुने एक जना बहिनीलाई जिम्मा दिएकी थिएँ । मेरो दुई वटा छोराहरु त स्कुल जाने गर्दर्थे तर छोरी भने सानै थिईन् । उनको रेखदेख गरे वापत मैले ती बहिनीलाई मेरो पारिश्रमिकको आधा रकम दिने गरेकी थिएँ । आधा पैसाले मेरा आवश्कताहरु पुरा हुने गर्दर्थे । कहिलेकाहि छोराछोरीलाई मिठो खाना खुवाउन रेष्टुरेन्ट लैजाने र न्याना कपडाहरु किन्ने गर्दथें । पत्रकारिता गरेर पहिलो पटक कमाएको पैसा हात पर्दा मलाई औधी खुशी लागेको थियो । अहिलेको पत्रकारिता र उहिलेको पत्रकारितामा आकाश जमिनको फरक पाएको छु मैले । हामीले मिडियामा काम गर्दा सबै कामहरु मेनुअली गर्नु पर्दथ्यो । तर अहिले गुगलले काम गर्न धेरै सजिलो बनाएको छ । मानिसहरु पनि आधा भर्चुअल देखिन्छन् । मैले कार्यक्रमहरु रेर्कडीङ एडिटिङ गर्दाका छुट्टै रमाईला प्रसंगहरु पनि छन् । अहिलेको डिजिटल रेकर्डर सिस्टम त्यतिबेला कहाँ थियो र ठूलो टेप रेर्कडर हुने गर्दथ्यो उक्त टेपबाट अनावश्यक बाईटहर कैचीले काटेर फाल्ने र टास्ने काम गरिन्थ्यो । अहिलेको पिँढीलाई सुन्दा यो कुरा अचम्म लाग्न सक्छ । त्यसैगरी हामीले नेपालबाट आएका रोमन भाषामा फ्याक्समा आएका समाचारहरु नेपालीमा ट्रान्सलेट गरेर बाचन गर्ने गदथ्यौं । छोटो समयमा धेरै काम गर्नु पर्दथ्यो । मलाई अहिले पनि अचम्म लाग्छ की म मेसिन जस्तै गरी खट्थे र घडीको सुई संगै चल्लुपर्ने हुन्थ्यो । एकातिर आर्मीको परिवार समय मै खानपानको ब्यवस्था गर्नुपथ्र्यो । अर्कोतर्फ स सना बच्चाहरु फेरी ड्यूटि जुनसुकै सिफ्टमा पनि पर्न सक्थ्यो । नेपाका पत्रकार झै रातिको समयमा ड्यूटि गर्दिन मेरो सानो बच्चा छ भनेर छुट पाईने अवस्था भने थिएन । कहिलेकाही नेपालीहरुको कार्यक्रममा रिर्पोटिङ पनि गर्नु पर्दथ्यो । अप्ठेरोका बाबजुत पनि मैले मेरो पेशा टिकाईरहेँ ।
अर्को फरक प्रसंग जोड्न चाहन्छु हङकङमा टाईफुन (ठूलो आँधी) आई नै रहन्छ । एक पटकको घटना हो म रात्रीकालिन ड्यूटी सकेर १ बजे घर आएकी थिएँ । घरमा छोराछोरी भोकै सुतेका थिए । फ्रिजमा राखेका फास्टफुडहरु जे छ तीनै लाई बाँडीचुडी खाएछन् । ५ बर्षको छोराले राईसकुकरमा चामल मात्रै हालेर राखेको थियो मलाई असह्य पीडाबोध भयो । आफ्नो पेशा देखेर त्यो बेलामा बच्चाहरुले पाउने माया अहिले दिएर कहाँ पुग्दो रहेछ र ? अझै पनि यो कुरा सम्झिदा मेरो मन भरिएर आउँछ । अरु लाहुरेनीहरु छुट्टिको दिन आफ्नो परिवासंग मिठो मिठो परिकार बनाएर खाएर परिवारसंग घुम फिर गरेर रिल्याक्स गरेर बस्दा म भने भागदौड गर्दै छोरा छोरीलाई मिठो मसिनो खुलाउने सम्मको अवस्थामा हन्नथिए । यसरी पेशाको दुःख त छदै थियो सबै भन्दा बढी बालबच्चाहरुको बिजोग, सबैको घरमा सुति सक्दा मेरो घरमा कुकरमा सिटी लाग्ने गर्दथ्यो । त्यो दिन मेरो बिहान ६ बजेको ड्यूटी थियो । टाईफुन आएर चिसो भएको थियो, थकाई पनि लागेको थियो, म भुसुक्कै निदाए छु । पछि ब्युझिएर घडी हेर्दा ५ मिनेट बाँकी थियो । त्यो दिन मैले नै रेडियोको ओपनिङ गर्नुपर्ने थियो । म घर कै लुगामा दौडदै १० मिनेटको बाटो तीन मिनेटमा पुगेछु रेडियोको ढोका डिजिटल खालको थियो । हतार हतारमा नम्बर गलत थिचेछु सिसाबाट एउटा बिदेशीले हेरिरहेको थियो मलाई लुङगीमा देखेर बिदेशी पनि छक्क पर्यो । त्यो दिन शनिवार थियो धार्मिक कार्यक्रमको क्यासेट लगाएपछि बल्ल सास आयो । पछि घर फोन गरेर अर्को लुगा मगाए ब्रस काईयो र लुगा लिएर छोरा फुत्रुकफुत्रुक आईरहेको थियो । मैले यसरी भागदौड गरेको देख्दा छिमेकीहरुलाई राम्रै पैसा कमाउन लागिछ भन्ने भान पर्दथ्यो । यसरी दुःख गरेर काम गर्दा पनि पारिश्रमिकमा भेदभाव हुने गर्दथ्यो । यसभन्दा अगाडी कसैले नउठाएको कुरा मैले उठाए । हङकङमा पनि श्रमजिवी पत्रकारको पक्षमा मैले आवाज उठाएँ । पारिश्रमिकमा एकरुपता थिएन । घण्टाको हिसावले काम गर्नु पर्दथ्यो र तर घण्टाको कति तलव पाईन्छ भनेर कसैले सोध्ने आँट समेत गर्दैनथे । पारदर्षिता र सुशासनको पक्षमा मैले बिदेशमा आवाज उठाउँदा ब्यवस्थापन पक्ष समेत रिसायो । आखिरमा यो अधिकार सबैले पाए र साथीहरु खुशी भए । त्यसपछि मैले मासिक रुपमा ८ हजार हङकङ डलर पारिश्रमिक पाउन थाले । मैले हङकङमा पत्रकारिता गरेर कमाएको पैसाले ब्यूटिपार्लरको तालिम लिएँ । त्यो सीपको प्रयोग स्वदेशमा पनि प्रयोग गर्न पाईन्छ भन्ने लाग्यो । फेरि बिदेशमा एउटै मात्र पेशाले नपुग्ने भएपछि बिभिन्न पेशा गर्ने गरिन्छ यहा पनि पत्रकारिता गरेर जिविकोपार्जन गर्न पुग्दैन ।
म सन् १९९१ मा नेपाल आएँ यहा त्यतिबेला निजी क्षेत्रका बिद्युतीय संचारमाध्यम खुलेका थिएनन्, मेरो सीप क्षमता रेडियोका लागि मात्रै काम लाग्ने थियो । मैले मेरो रुचिका पेशा ब्यावसाय अंगाल्ने अवसर पाईन र ब्यूटिसियन पेशा अंगाल्नु पर्यो । नेपालमा लोकतन्त्रको बहालीपछि निजी क्षेत्रका एफएम रेडियोहरुले अनुमति पाएपछि पोखराको पहिलो सामुदायिक रेडियो हिमचुली एफएममा आफ्नो रुचिको काम गर्ने अवसर पाए । पछि रेडियो अन्नपूर्णमा पनि काम गरें । भुपू गोर्खा समुदायको दाजुभाई दिदीबहिनीहरुलाई पनि सचेतना जगाउने उद्देश्य अनुरुप मैले मेरो आफ्नै सक्रियतामा रेडियो गोर्खाली संचालन गरें । तर मैले जुन सपना बोकेर रेडियो संचालन गरकी थिए । त्यो सपना पुरा हुन सकेन । मैले आफ्नै सम्पादनमा प्राप्ती त्रेमासिक पत्रिका समेत संचालन गर्दै आएकी छु । पत्रकार महासंघ कास्कीमा पुरस्कारको समेत स्थापना गरेकी छु । तमु संचारकर्मी संघ कास्कीमा पनि पुरस्कारको स्थापना गरेकी छु । यसरी म एउटा लाउरे परिवारकी गुरुङ समुदायकी महिला भएर पनि मुख्य पेशा पत्रकारिता नभएपनि आंशिक पेशाको रुपमा पत्रकारिता गरिरहँदा पनि संचार जगतबाटै उपेक्षित बनाइएको महसुस गरेकी छु । यद्यपी मैले पत्रकारका बिभिन्न संघसंस्थाहरुमा बसेर काम समेत गरेकी छु । त्यसो त मलाई प्रोत्साहन गर्ने शुभचिन्तक मित्रहरुको पनि कमी छैन । पत्रकार पुण्य जी दिपेन्द्र जी र दुर्गा जी, लगायत त्यसैगरी प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार बिष्णु रिमाल, सांसद रबिन्द्र अधिकारी, एमाले नेतृ गजकुमारी गुरुङ, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा तथा उहाँको टिम हुनुहुन्छ । लाग्छ जस्ले नकारात्मक कुरा गरे पनि पत्रकारितामा म एक्लो छैन । थुप्रै सहयोगी मन र भावना छन् जस्तो लाग्छ ।















प्रतिक्रिया