
काठमाडौं, ३ जेठ । सताक्षी गोल्ड कपको उपाधि नेपाल प्रहरीको पुरुष फुटबल टिमले जितेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सताक्षीधाम स्पोर्टिङ क्लव झापाको आयोजनामा बैशाख २५ देखि जेठ १ गतेसम्म झापामा संचालित सताक्षी गोल्ड कप फुटबल प्रतियोगितामा नेपाल प्रहरीको पुरुष फुटबल टीम प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
प्रतियोगितामा प्रहरी सहायक निरीक्षक रवीन श्रेष्ठ बेष्ट डिफेण्डर, सोजित गुरुङ बेष्ट किपर, प्रहरी नायव निरीक्षक अन्नतराज थापा बेष्ट प्रशिक्षक, रवि पासवान बेष्ट फरवार्ड र तेज तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भएको नेपाल प्रहरी केन्द्रीय खेलकुद समिति काठमाडौंले जनाएको छ ।















प्रतिक्रिया