३० आश्विन २०८३, शुक्रबार

मकाउमा प्रवासी नेपाली मञ्च गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Makauमकाउ । मकाउमा रहेका प्रवासी नेपालीहरुको वृहत भेलाले हालै प्रवासी नेपाली मञ्च मकाउ राष्ट्रिय कमिटी गठन गरेको छ ।

नेकपा एमालेका सचिव एवम् पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री पृथ्वी सुब्बा गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च हङ्गकङ्ग राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ्ग, एनआरएनए मकाउका अध्यक्ष मुकेश बरुवाललगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मकाउ राष्ट्रिय कमिटीको सो अधिवेशनबाट हर्क गुरुङ्ग (स्याङ्जा) अध्यक्षमा चयन हुनुभएको छ ।
वरिष्ठ उपाध्यक्षमा कृष्ण अधिकारी (चितवन), उपाध्यक्ष शिव थापा (लमजुङ्ग), महासचिव उत्तम गुरुङ्ग (ओखलढुङ्गा), कोषाध्यक्ष प्रेम तामाङ्ग (काभ्रे) चयन हुनुभएको छ ।
सदस्यहरुमा राजु कार्की (कास्की), भुवन पुन (नवलपरासी), फूलबहादुर तामाङ्ग (लमजुङ्ग), रुद्र घले (लमजुङ्ग), विश्वराज भण्डारी (लमजुङ्ग), अमृत रावत (प्युठान), नारायण के.सी. (लमजुङ्ग), रेशम रानाभाट (काठमाडौं), रामकाजी गुरुङ्ग (कास्की), प्रमोद बुढाथोकी (धादिङ्ग), खम्बराज के.सी. (धादिङ्ग) र विक्रम घताने (सुर्खेत) चयन हुनु भएको छ ।

मकाउमा रहेका नेपालीहरुलाई संगठित गर्दै गठन भएको यस्तो भेलाले नेपाल र नेपालीप्रतिको माया र स्नेह थप प्रगाढ हुने नवगठित कमिटीका वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए ।