वाशिंगटन डिसी । नेपाल पर्यटन बोर्डले अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएकी पूर्व मिस नेपाल युएस द्वितीय विजेता नवीना बस्नेतलाई अवैतनिक सद्भावना दूतमा नियुक्त गरेको छ ।
मे १५ तारिखदेखि लागू हुने गरी बस्नेतलाई नेपाल पर्यटन बोर्डको अवैतनिक सद्भावना दूतमा नियुक्त गरेको हो । बस्नेतलाई दुई वर्ष अवधिको लागि सद्भावना दूतमा पर्यटन बोर्डले नियुक्ति पत्र प्रदान गरेको छ । बस्नेतले मे १४ ,२०१८ सम्म पर्यटन बोर्डको लागि काम गर्नेछिन् ।
२००८ देखि अमेरिकाको बसाइमा रहेकी नवीनालाई नेपालको पर्यटन उद्योगको प्रबर्धनमा महत्वपूर्ण योगदान गरे वापत सद्भावना दूत नियुक्त गरेको हो । मे १५ ,२०१६ तारिखदेखि उनले जिम्मेबार लिएकी छिन् ।
नेपालको पर्यटन बोर्डले नेपालको प्राकृतिक तथा सांस्कृतिक निधिलाई राष्ट्रिय तथा अन्तर राष्ट्रिय स्तरमा अद्वितीय योगदान गर्दै नेपाल पर्यटकको लागि पहिलो गन्तब्य स्थान बनाउन सकारात्मक संदेश पुर्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छिन भनि नवीना बस्नेतलाई जिम्मेबार तोकेको छ ।
अवैतनिक सद्भावना दूत घोषणा भएपछि हर्ष व्यक्त गर्दै बस्नेतले सरकार तथा नेपाल पर्यटन बोर्डलाई बिशेष धन्यवाद दिएकी छिन् ।
उनले अगाडि भनिन आफूलाई जुन जिम्मेबार विश्वासको साथ दिएको छ त्यसलाई आफूले पूर्ण ईमान्दारिताका साथ पालना गर्ने बताइन ।
राष्ट्रिय तथा अन्तर राष्ट्रिय स्तरमा समेत नेपालको पर्यटनको लागि राम्रो काम गर्ने बताउदै आजैका मितिदेखि नवीनाले आफ्नो निजी संजाल (वेब ,नवीना बस्नेत डटकम)समेत सार्बजनिक गरेकी छिन् ।
नवीना सन् २०१२ को मिस नेपाल युएस प्रतियोगिताकि प्रशिक्षक, मिसनेपाल यु एस प्रतियोगिता २०११ कि द्वितीय बिजेता तथा २०१४ को मिस नेपाल युएस को प्रतिभा प्रतियोगिताकि प्रमुख निर्णायक भई काम गरि सकेकी छिन् ।
















प्रतिक्रिया