३० आश्विन २०८३, शुक्रबार

मुम्बईमा नयाँ शक्तिको महाराष्ट्रस्तरीय भेला सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mumbai Naya Shakti– कटक प्रीन्स शाह

मुम्बई । भारतको मुम्बईस्थित महालक्ष्मी रेसकोस गार्डनमा नयाँ शक्ति नेपालको भेला महाराष्ट« संयोजक करन साउदको सभापतित्वमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नयाँ शक्ति नेपालका केन्द्रीय सचिव नरेन्द्र ओली अतिथिहरुमा भारत केन्द्रीय संयोजक बीरेन्द्र खड्का, बुद्धिजीवी बिभाग प्रमुख चेतमान बोगटी, भारत केन्द्रीय प्रवक्ता कटक शाहको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य बिभाग प्रमुख डा टेक चाड, अनुशासन बिभाग प्रमुख गणेश तिरुवा सांस्कृतिक बिभाग सह–संयोजक हर्क आउजी, शिक्षा तथा यातायात बिभाग सहसंयोजक सुरत बिष्ट, भारत आर्थिक बिभाग प्रमुख मानबहादुर साउद, महाराष्ट आर्थिक संयोजक मुरारी अधिकारी, भारत खेलकुद बिभाग सदस्य लगायतले आ–आफ्नो धारणा तथा आगामी कार्यक्रमका बारेमा सुझाव सल्लाह सहित आफ्नो मन्तव्य राखेका थिय ।

उक्त कार्यक्रममा नवआगन्तुक सदस्यहरूको उल्लेखनीय उपस्थित रहेको थियोे ।

कार्यक्रमको संचालन बुद्धिजीवी बिभाग प्रमुख चेतमान बोगटीले गर्नुभएको थियो ।