१ कार्तिक २०८३, शनिबार

धमाधम पक्राउ पर्न थाले गठबन्धनका नेता, छ सय थान झण्डा र लठ्ठी बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gathabandhan Morchaकाठमाडौं, २ जेठ । सिंहदरबार घेराउ गर्न जाने क्रममा प्रहरीले संघीय गठबन्धनका आधा दर्जन नेताहरूलाई काठमाडौंको तिनकुनेबाट पक्राउ गरेको छ ।

झण्डा र झण्डामा लगाउने लठ्ठीसहित माइतीघरतिर जाँदै गरेको छ जना नेताहरूलाई प्रहरीले तिकुनेबाट पक्राउ गरेको संघीय गठबन्धनले जनाएको छ । त्यस क्रममा प्रहरीले पाँच सय थान झण्डा कब्जामा लिएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य पर्शुराम बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा फोरम नेपालका केन्द्रीय सदस्य एवं युवा फोरमका सहइन्चार्ज विष्णुजंग बस्नेत, युवा फोरमका केन्द्रीय उपमहासचिव दुर्गाप्रसाद सुवेदी, केन्द्रीय सदस्य वीरेन्द्र बोगटी, राजेन्द्र खनाल, भीम राई र अर्जुन राई रहेका छन् ।

यता, पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडिबाट संघीय गठबन्धनका एक सय थान झन्डा र त्यसमा प्रयोग गर्न ल्याइएको लठ्ठी प्रहरीले खोसेको छ ।

उता, नागढुङ्गामा तराई मधेस लोकतान्त्रिक पार्टीले बारा जिल्लाबाट बसमा ल्याएका कार्यकर्तालाई प्रहरीले बाटो छेकेर रोकेको सो पार्टीका महासचिव जितेन्द्र सोनलले लगाउनुभएको छ ।

‘सिंहदरबार धर्नाका लागि बसमा आएका हाम्रा कार्यकर्तालाई प्रहरीले नागढुङ्गामा रोकर राखेको छ’, उहाँले भन्नुभयो, ‘राज्य सिंहदरबार घेराउको कार्यक्रमबाट आतंकित बनेको छ ।’