– विजय थापा
वाशिंगटन डिसी । गीति नाटक ‘मालती मंगले’का चर्चित नायक हरिबहादुर थापालाई वाशिंगटन डिसीमा मे १४ तारिख अभिनन्दन गरिएको छ ।
डिसी महानगर क्षेत्रमा क्रियाशील रहेको गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजको पहल तथा अन्य डिसी क्षेत्रका संघ तथा संस्थाको सयुक्त सहयोगमा नाटकका धरोहर, वरिष्ठ कलाकार एवं प्राज्ञ थापालाई रंगमंच सम्राट उपाधिले अभिनन्दन गरिएको छ ।
उक्त कार्यक्रममा थापाको उत्कृष्ट दश नाटकहरुको केही अंश समेत रहेको ‘पाइलाहरु’ नामक भिडियो सिडी मन्चन गरियो ।
यसको साथै वरिष्ठ कलाकार थापाले जीवन्त अभिनयका साथ आफ्नो भूमिका निभाउनु भएको नाटकको भिडीयो प्रदर्शन गरियो ।
कार्यक्रममा डिसी वरपरका संघ तथा संस्थाका प्रतिनिधि ,बुद्धिजीवी वर्ग ,कलाकार ,साहित्यकार ,ब्यबसायी तथा बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
भिडियो प्रदर्शन तथा सम्मानपछि प्राज्ञ थापाले संक्षेपमा नेपालमा नाटकको ईतिहासको र अहिले सम्म भएका उपलब्धि ,अवस्था आदि ईत्यादी बारेमा समेत बोल्नु भएको थियो ।















प्रतिक्रिया