१ कार्तिक २०८३, शनिबार

दिल्लीबाट बर्दीमै काठमाडौं पसेका भारतीय प्रहरी थानकोटमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-police-1काठमाडौं, १ जेठ । डोटीमा हतियारसहित पाँच भारतीय प्रहरी बर्दीमै नेपाल पसेको घटना सेलाउन नपाउँदै शुक्रबार राति दुई भारतीय प्रहरी राजधानी काठमाडौंमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी स्रोतका अनुसार पोशाक लाएर खुलेयाम हिडिरहेका उनीहरुलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु एक भारतीय अधिकारी (मेजिस्टेष्ट)को सुरक्षार्थ खटिएका थिए ।

पक्राउ गरेर उनीहरुलाई नेपाल प्रहरीले पोशाक खोल्न लगाएको थियो । अन्तर्राष्ट्रिय कानूनअनुसार अर्काे देशको सुरक्षाकर्मी बर्दीमै देशको राजधानीसम्म पुग्नु अपराध हो ।

त्यसो त भारतीय प्रहरी नेपालमा आएको यो पहिलोपटक होइन् । भारतले बारम्बार आफ्ना सुरक्षाकर्मी बर्दीमै पठाएर नेपालमाथि अपराध गरिरहेको छ ।

यसअघि इन्सपेक्टरसहित पाँच भारतीय प्रहरी अपराधी खोज्ने निहुँमा हतियारसहित नेपाल पसेका थिए । उनीहलाई नेपालले कारवाही नगरी त्यसै छाडेको थियो ।

भारतीय दूतावासमा बुझाइयो

यसैबीच पक्राउ परेको दुबै भारतीय प्रहरीलाई नेपालस्थित काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासलाई बुझाइएको छ ।

दूतावासका अधिकारी बोलाएर भारतीय प्रहरीका जवानलाई जिम्मा लगाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए ।