१ कार्तिक २०८३, शनिबार

साउदीमा नेपालीको मोबाइलमा कुरा गर्दागर्दै मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

riyad_saudi_Arebiaकाठमाडौं, १ जेठ । साउदी अरबमा एक नेपालीको मोबाइलमा कुरा गर्दागर्दै मृत्यु भएको छ ।

ओछ्यानमा ढल्केर आफन्तसँग बोल्दाबोल्दै खोटाङको दिक्तेल नगरपालिका–५ का ३२ वर्षीय टिकाराम भनिने बिशाल राईको मृत्यु भएको हो ।

दिउँसोको खाना खाने समयमा मोबाईलमा कुरा गर्दागर्दै बिशालको मृत्यु भएको जानकारी आएको आफन्त सन्तोष राईले बताए ।

केही बेरअघिसम्म फोनमा कुरा गरिरहेका राई खाना तयार भएपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेको पारिवारिक श्रोतले जनाएको छ ।

गत वर्ष साउदी अरब पुगेका उनको मृत्युको कारण खुल्न सकेको छैन । रासस