– मिनबहादुर पण्डित
कसरी योजना सम्पन्न गर्ने, त्यसका लागि कसरी र कस्तो व्यवस्थापन गर्ने आदि बेसिक नलेज नै नभएका बुद्धुहरु राजनीतिक नेतृत्वमा भएसम्म बिकास निर्माण हुनु त परको कुरा, हुन् सक्ने काम पनि हुन् दिँदैनन ।
मैले न सक्ने काम अरुले पनि सक्दैनन् भन्ने मानसिकता र सोचाई छ र युवाको हातमा देश आउनुपर्छ भन्नुको कारण पनि त्यहि हो । किनकि उमेर अनुसारको काम गर्ने आँट हुन्छ । त्यसैले २५ बर्ष पुरानो कर्मचारीतन्त्र र ५० बर्ष पुराना नेता भएको पार्टी अस्तित्वमा रहेसम्म देश बन्दैन । आधुनिक मानसिकता जब दिमाखमा आउँछ अनिमात्र आधुनिक तरिकाले आधुनिक काम हुन्छ । पुरातनबादी सोचले देश बनाउन सक्दैनन् र जबसम्म लट्ठीले हानेर धपाइन्न तबसम्म बुढो गोरुले गाई ओगट्न छोड्दैन र बुढो गोरु नलखेटी गाई ब्याउने हुँदैन । नेपालका नेता र बुढो गोरु उस्तै उस्तै हुन् र उमेर भएपछी त झन् अनुभवले खारिनुपर्ने हो तर बिडम्बना त्यस्तो हुन् सकेन ।
खुरापाते काम गर्न चाँही कुनैपनि विदेशीले सक्दैन, त्यति धेरै खुरापाते दिमाख छ तर, बिकास निर्माण गर्न चाँही नसक्ने ? यति पनि ब्यबव्स्थापन गर्न नसक्नेले के राजनीति गर्नु ? खाडी मुलुकले के तेल आफै निकालेका हुन् र ? उनीहरुले पनि बिदेशी इन्जिनियर र प्राविधिकलाई राम्रो तलब दिएर काम लिएका छन्, उनीहरुलाई त साधारण जनशक्ति र सम्पूर्ण कच्चा पदार्थ समेत बाहिरबाट मगाउनु पर्छ, हामीलाई त्यो समस्या छैन । र पनि बिभिन्न उद्योग र बिकास निर्माण सम्पन्न गरेकै छन् । बिकसित देश अमेरिकाले समेत संसार भरका इन्जिनियर र प्राविधिकहरुलाई लिएर ठूला ठूला योजना सफल पार्दछ । हामी पनि बिदेशी इन्जिनियर र प्राविधिकलाई लिन सक्दैनौ र ? के विदेशी इन्जिनियर र प्राविधिक पर्याप्त पाइदैन र ? अहिले त नेपाली इन्जिनियर र प्राविधिकहरु पनि नेपालमा काम र अवसर नपाएर बिदेशमा ठूला ठूला योजना चलाएर बसेका छन् । देशको माया भएरपनि काम गर्ने वातावरण नभएर विदेश पसेकाहरुलाई अवसर दिने हो भने ७५ प्रतिशत त पक्कै फर्कनेछन् । ठूला योजनामा त्यस्ता नेपालीलाई पनि लिन सकिन्छ । त्यसका लागि सरकारले वातावरण बनाओेस र बिज्ञापन निकालोस । हामीलाई त योजना अनुसारको मेसिन र प्रविधिमात्र विदेशबाट किने पुग्छ बाँकी हामि आफैसंग छ । काम गर्दै गएपछि सिकिदै जान्छ, अनुभवबाट कमीकमजोरी सुधार गर्दै जाने हो र प्राविधिक शिक्षा बढाउँदै लाने हो ।
नेपाली कम्पनीलाई ठेक्कामा दिँदा कमिसन कम आउने र कमिसनबारे पोल खुल्न सक्ने हुनाले बिदेशीलाई दिने गरिन्छ र केहि इमान्दार नेताहरुसमेत आफूलाई नभई पार्टी चलाउन कमिशन लिन्छन र त्यसैले जबसम्म ब्यापारी र ठेकेदारसंग पार्टी चलाउन कमिशन लिइन्छ तबसम्म गुणस्तरीय काम हुँदैन र समयमा पनि काम हुँदैन ।
टेन्डरको बारेमा पनि कुरा प्रष्ट पारौं । टेन्डर भनेको जसले कम पैसामा कबुल्यो त्यसैले पाउने भ्रम छ, त्यो एकदम गलत कुरा हो । टेन्डर दिने र लिने बेलामा के हुन्छ भने कुन कम्पनीलाई टेन्डर दिँदा आफूलाई फाइदा हुन्छ र कमिशन आउँछ त्यहि कम्पनीलाई टेन्डर दिन सकिन्छ र दिइन्छ तर, सस्तोमा बोलकबुल गर्नेलाई टेन्डर दिइयो भन्नलाई कसरी कुरा मिलाइन्छ भने आफूले छानेको कम्पनीलाई भनिन्छ कि अरुको टेन्डर यो यो रेटमा आएको छ, तपाईंहरु यो रेटमा टेन्डर दिनुहोस, उसले पनि सरकारी कर्मचारीले भनेकै अनुसार टेन्डर हाल्छ अनि त नपाउने कुरै भएन । अधिकांश ९० प्रतिशत टेन्डर यसरी नै पास हुन्छ, अनि कसरी हुन्छ गुणस्तरीय काम ? त्यसैले फास्ट ट्रयाक मात्र होइन सम्पूर्ण विकास निर्माण नेपाली पुँजिमा नेपालीले नै गर्न सक्छन र गरेका पनि छन् । त्यसको लागि यदि बाधक कुनै कुरा छ भने त्यो एउटै कुरा हो, राजनीतिक अस्थिरता र राजनीतिक नेतृत्व अनि २५ बर्ष पुरानो भ्रष्ट कर्मचारीतन्त्र । यहि हो विकासको मूलमन्त्र ।















प्रतिक्रिया