३० आश्विन २०८३, शुक्रबार

घाइते लामालाई कात्तिके देउराली समाज कोरियाको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरिया । रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका काभ्रे च्यासिङखर्कका श्याम लामा दुर्घटनामा परि गम्भिर घाइते भएपछि उनको सहयोगार्थ कात्तिके देउराली समाज कोरियाले कोरियन वन ३ लाख सहयोग गरेको छ । लामाको अवस्थाबारे जानकारी लिदै संस्थाका सदस्य प्रकाश चौलागाइले संस्थाकोतर्फबाट सो सहयोग हस्तान्तरण गरेका हुन ।

दक्षिण कोरियाको इवल एथा कम्पनीमा कार्यरत लामा मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाइते बनेका थिए । हाल उनको कोरियाको छङ्जुस्थित अस्पतालको आइसियु कक्षमा उपचार भैरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार मस्तिष्कमा रगत जमेकाले उनको अवस्था अझै खतरामुक्त नरहेपनि सुधारोन्मुख छ ।

महँगो उपचार खर्चका कारण लामालाई बचाउन कोरियामा कार्यरत काभ्रेवासीहरुको संस्था काभ्रे सम्पर्क समितिको संयोजकत्वमा ‘श्याम लामा सहयोग अभियान’ गठन गरि सहयोग संकलनलाई तिब्रता दिइएको छ । सोही अभियानलाई सहायता गर्दै लामालाई बचाउन आफ्ना सदस्यहरुसँग सहयोग जुटाएर श्याम लामाको हस्पिटल अकाउन्ट्मा सो रकम जम्मा गरि हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष सुमन गौतम र सदस्य खडानन्द चौलागाईंले जानकारी दिए ।

काभ्रेको कात्तिके देउराली गाविसबाट कोरिया पुगेका युवाहरुको समूह कात्तिके देउराली समाज कोरियाले यसअघि पनि यस्ता सहयोग गर्दै आएको छ । ‘प्रवासमा रहेका हामी नेपाली जहाँ तथा जुन ठाँउका भएपनि एकआपसमा सहयोगी र अफ्ठयारोमा जुटनुपर्छ भन्ने हाम्रो चाहना हो ।’ समाजका सचिव रमेश गौतमले प्रतिक्रिया दिदै भने ।