– कृष्ण ओझा
पाँचथर, २९ वैशाख । युवा संघ नेपाल जिल्ला कार्य समिति पाँचथरले आफ्नो स्थापनाको २६ वर्षका अवसरमा बृहत्त भलिवल प्रतियोगिताको अयोजना गर्ने भएको छ ।
पाँचथरको फिदिममा अयोजना हुन लागेको प्रतियोगितामा जिल्लाभरका बिभिन्न गाबिसका कम्तिमा १५ टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगिताका लागि ३ लाख अधिक खर्च अनुमान गरिएको छ । प्रतियोगिताका लागि देश बिदेशमा रहेका युवा संघ निकटहरुबाट रकम संकलन गरिएको जानकारी दिइयो ।
प्रतियोगिताको बिजयी टिमले नगद ५० हजारका साथ ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेे छन् ।















प्रतिक्रिया