२९ आश्विन २०८३, बिहिबार

दुर्जकुमार राईमा त्यस्तो क्षमता के छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunil jसशस्त्र प्रहरी बलको नेतृत्वमा दुर्जकुमार राईको उदय भएपछि इतिहासमा नै पहिलो पटक सशस्त्र प्रहरी बलको मुख्यालयमा पत्रकारहरुलाई संगठनको गतिविधिको विषयमा जानकारी गराउने काम भएको छ ।

शालीन र इमान्दार शैलीका राईले संगठनको गतिविधि निष्पक्ष , स्वतन्त्र र पारदर्शी हुनुपर्ने भन्दै पहिलोपटक संगठन भित्र भएका सकारात्मक विषयहरुलाई जनता समक्ष पुर्याउनका लागि ऐतिहासिक कदम चलेका हुन् ।

सशस्त्र प्रहरी बल जनताको सम्पत्ति रहेको र आफूहरु मुलुक र जनताप्रति समर्पित रहेको हुनाले सशस्त्रको विषयमा जान्ने अधिकार जनतासँग रहेकाले मिडिया मार्फत जनता समक्ष लानका लागि पनि पत्रकार सम्मेलन गरेको उनले दावी गरेका छन् ।

आफू खुल्ला किताब रहेको बताउंदै आएका राईले संगठनका हरेक गतिविधि पनि खुल्ला र पारदर्शी हुनुपर्ने नीति अख्तियार गरेका छन् । सोहीअनुरूप राईको निर्देशनमा सशस्त्र प्रहरी बलका प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा सिफारिस भएका शैलेन्द्र खनालले पत्रकार समक्ष सशस्त्र प्रहरी बलको गतिविधि र स्थितिको विषयमा जानकारी गराएका हुन् ।

मिडियाबाट संगठनलाई टाढा राख्नुपर्छ भन्ने पुरातनवादी चिन्तनलाई अन्त्य गर्दै समयानुकूल संगठनका गतिविधि परिवर्तन गर्नुपर्छ भन्ने उदेश्यका साथ यस्तो कदमको सुरुवात गरेर राईले सुधार र शुद्धिकरणमा केन्द्रित हुने नीतिलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् ।

मिडिया मैत्री व्यक्तिको रुपमा परिचित राईको यो कदमले सशस्त्र प्रहरीप्रतिको मिडियाको दृष्टिकोणमा समेत व्यापक परिवर्तन हुने निश्चित छ ।
संगठनको म्यान्डेट अनुसारको मुलुक र जनताको हितमा काम गर्ने सकल दर्जाका कर्मचारीलाई पुरस्कृत र संगठनको म्यान्डेट भन्दा बाहिर गएर आदेश र अनुशासनको अवज्ञा गर्ने सकल दर्जाका कर्मचारीलाई दण्डित गरिएको समेत पत्रकार सम्मेलनमा खनालले जानकारी गराएका छन् ।

संगठनको कार्य क्षेत्र र हित विपरित काम गरेको भन्दै अहिले सम्म सयौँको संख्यामा सकल दर्जाका कर्मचारी माथि कारवाही गरिएको भन्दै खनालले अब संगठनमा निष्पक्षता र जवाफदेहिताको भावनको विकास हुने विश्वास व्यक्त गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको सकारात्मक कदमलाई आत्मसात गर्ने हेतुका साथ अगाडि बढेका प्रवक्ता खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक गोविन्द क्षेत्रीलाई साथमा राखेर महानिरीक्षकमा राई आएपछि पत्रकारहरुसँग नियमित भेटघाट गर्ने कार्ययोजना बमोजिम कार्यक्रमको आयोजना गरिएको संकेत गरेका छन् ।

घुमुवाको नाममा संगठनलाई बदनाम गर्ने काम भएको भन्दै खनालले अब यस्ता गतिविधिलाई नियन्त्रण गरिने उद्घोष समेत गरेका छन् । यसको निरन्तरता दिनु पनि उत्तिकै आवश्यक छ । भ्रष्टाचार बिरुद्धको शुन्यसहनशीलताको नीति अख्तियार गरेका राईले संगठन भित्र अनियमितताको गन्ध पस्न नदिने कुरामा अडिग रहेका छन् ।

सशस्त्र प्रहरीको नयाँ नियमवली निर्माणको क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बीचमा गम्भीर तिक्तता देखा परेको थियो । दूईवटा संगठनका बीचमा पानी बराबरको स्थिति समेत देखा परेको थियो । सुरक्षा संगठन बीचको साँढेको जुधाईले गर्दा मुलुकको शान्ति, सुव्यवस्था र सुरक्षा प्रणालीमा गम्भीर समस्या र चुनौती खडा भएको थियो । सशस्त्रको कमाण्ड राईले सम्हाले लगत्तै सुरक्षा निकायहरु बीचमा देखा परेका समस्याहरु स्वत समाधान भएको प्रस्ट देखिएको छ ।

सशस्त्र प्रहरीको प्रमुखको भूमिकामा राईको आगमन भएपछि बधाई र सम्बन्ध सुधार गर्ने उदेश्यका साथ नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल आफ्ना उच्च अधिकारीहरुको साथमा दलबल सहित हल्चोक स्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा प्रवेश गरेर दुई संगठन बीच बिग्रिएको सम्बन्ध सुधार गर्न आतुर रहेको संकेत गरेका थिए ।

सहयोद्धा समेत रहेका राईको सशस्त्रको कमाण्डमा उदय भएपछि अर्यालले सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउने उद्घोष गरेका थिए । अहिले दुई संगठनका प्रमुखहरु प्रायजसो एउकै ठाउँमा रहने गरेका छन् । हरेक कार्यक्रममासँगै देखिने गरेका छन् । आफूहरु बीच कुनै समस्या नरहेको अर्यालको भनाईबाट पनि दुई संगठन बीचको सम्बन्धन मजबूत र सुमधुर रहेको प्रस्ट संकेत मिल्छ । यसलाई संगठन प्रमुखहरुको व्यवहारले नै स्पष्ट पारिसकेको छ । दुई महानिरीक्षकको मन , मष्तिस्क र मुटु मिलेको देखिन्छ । भावनात्मक एकता भएपछि भौतिक एकता त स्वत भैहाल्छ नि १ यसको बिषयमा थप बहस गर्न आवश्यक छैन ।

राई र आर्याल एउटै ब्याजी भएकाले दुवै संगठनको सेवा अवधी ३२ वर्षे पार्न सक्ने प्रवल सम्भावना रहेको छ । अहिले दुवै संगठनमा ३० वर्षे सेवा अवधी रहेको छ ।

राईले संगठन प्रमुखको हैसियतले सहभागितामुलक निर्णयमा जोड दिन थालेका छन् ।

महानिरीक्षकको एकलौटी निर्णयबाट चल्दै आएको सङ्गठनलाई सामूहिकरुपमा अगाडि बढाउने राईको उदेश्य अनुरुप सशस्त्र प्रहरीका उच्च अधिकृतहरुसँग छलफल गरेर मात्र आवश्यक प्रक्रिया र थप कदम चाल्ने गरिएको छ । यसले संगठनमा सकारात्मक प्रभाव पार्ने राईको निष्कर्ष रहेको छ ।

कोषराज वन्तको पालामा एकलौटी निर्णय हुँदा संगठनमा ठूलो विचलन आएको भन्दै राईले सबैको अपनत्व महसुस हुने गरी कुनै पनि काम गर्दा सकल दर्जाका उच्च अधिकृतहरुसँग छलफल गर्ने गरेका छन् । यसले संगठनमा सकारात्मक प्रभाव पार्नुको साथै उच्च अधिकारीलाई हौसला समेत प्रदान गरेको छ । पारदर्शिता र जवाफदेहितालाई आफ्नो मूल मन्त्र मान्दै आएका राईले यसमा कुनै किसिमको सम्झौता नहुने बताउँदै आएका छन् ।

मुलुक संघीय संरचनामा गैसकेकाले संगठन पनि सोहीअनुरूपको हुनुपर्छ भन्ने हेतुका साथ बलका प्रमुख राईले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रेम शाहीको नेतृत्व एउटा समिति समेत गठन गरेका छन् । यसले नियमित रुपमा आफ्नो कामकारवाहीलाई अगाडी बढाई रहेको छ ।

मुलुक प्रादेशिक संरचनामा जाने भएको हुँदा सशस्त्र प्रहरीको पनि प्रत्येक प्रदेशमा अतिरिक्त महानिरीक्षक रहने व्यवस्था गर्न लागिएको स्रोतको दावी रहेको छ । यस्तो व्यवस्था लागू भए सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षकको संख्या झन्डै १० सहित सशस्त्र प्रहरी ५० हजारको संख्यामा पुग्ने ति अधिकारी दावी गरेका छन् ।

नेपाल प्रहरीको संघीय संरचना तयार गर्न पूर्व महानिरीक्षक कुवेरसिंह रानाको नेतृत्वमा समितिको गठन भएकाले सशस्त्रमा पनि नेपाल सरकारको समन्वयमा पूर्व आईजी किशोर लामाको नेतृत्वमा पूर्व अतिरिक्त महानिरीक्षक रबिराज थापा सहितको समिति निर्माण गर्न आवश्यक रहेको सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले बताएका छन् ।

अब सशस्त्र प्रहरीको आतंकवाद नियन्त्रण , राजमार्गको सुरक्षा, भन्सार तथा औधोगिक क्षेत्रको सुरक्षा , सीमा सुरक्षा , उद्धार र निर्माण लगायतका विषयमा स्पष्ट म्यान्डेट हुनुपर्ने देखिन्छ ।

संगठनलाई अझ मजबुत बनाउनका लागि महानिरीक्षक राईले केहि सुधार गर्नुपर्ने देखिन्छ । सशस्त्र प्रहरी बलको चारवटै निर्देशनालयलाई स्रोत , साधन र आर्थिक रुपमा पनि उतिकै सबल बनाउन आवश्यक छ ।

सशस्त्र प्रहरीको नयाँ नियमावली निर्माण भएपछि बढुवा प्रक्रिया निकै नै पारदर्शी र व्यवहारिक बन्दै गएको छ । यसैलाई आधार मानेर रिक्त रहेका दुई अतिरिक्त महानिरीक्षक पदमा शैलेन्द्र खनाल र जीत बहादुर पुनको नाम सिफारिस भएको छ । राईका ब्याजी पुनको राईसँगै २०७३ साल फागुन तीन गते अवकाश पाउने छन् ।

राई पछि सिंहबहादुर श्रेष्ठ , प्रकाश ओझा र प्रेम शाही मध्ये एक जना करिब १३ महिनाको लागि आईजीपी बन्नेछन् । त्यसपछि आईजीपीको एक्ला दावेदार खनालले चार वर्षे पूरा अवधि सशस्त्र प्रहरी प्रमुखको भूमिका निर्वाह गर्ने छन् ।

खनालको ब्याजका नारायणबाबु थापा र पुष्पराम केसी पनि अब्बल दर्जाका अधिकृतका रुपमा संगठन भित्र परिचित छन् । रामशरण पौडेल , जानकी भट्टराई , सुबोध अधिकारी , सुरज श्रेष्ठ र बाबुराम पाण्डे पनि सशस्त्र प्रहरी बल भित्र सफल र अब्बल हैसियतका अधिकृतमा पर्दछन् ।
एआईजीको सिफारससँगै डीआईजीको लागि पनि दौडधुप सुरु भैसकेको छ । डीआईजिका लागि विशेष दरबन्दी सहित चार वटामा बढुवा हुन् सक्ने सशस्त्र स्रोतले दावी गरेको छ । भने अन्य केहि दरबन्दी थपको पहल समेत भईरहेको स्रोतले बताएको छ । डीआईजीका लागि खड्ग राईको नाम अग्र स्थानमा छ भने मन्दिप श्रेष्ठ र बसन्त बानियाँ पनि डीआईजी हुने लाईनमा छन् । बढुवाका लागि जेष्ठता भएर मात्र हुँदैन कार्य सम्पादन मूल्यांकन लगायतमा अब्बल ठहरिएको हुनुपर्छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ४३ बमोजिम बढुवाको लागि सिफारिस गर्दा कार्यक्षमताको मूल्यांकनको आधारमा गर्नु पर्ने व्यवस्था छ । नियमावली अनुसार कार्य सम्पादन मूल्यांकन वापत )चालीस अंक (ख) जेष्ठता वापत )बीस अंक (ग) भौगोलिक क्षेत्रमा काम गरे बापत – आठ अंक (घ) शैक्षिक योग्यता वापत – सात अंक (ङ) तालीम वापत – तेह्र अंक (च) चुनौतिपूर्ण र विशेष जिम्मेवारी बापत – पाँच अंक (छ) बिभुषण (मानपदवी, अलंकार र पदक) वापत – दुई अंक (ज) बढुवा सिमितले दिने वापत – पाँच अंक दिनुपर्ने व्यवस्था रहेको छ ।

त्यसैले म सिनियर भएकोले स्वत बढुवा हुन्छु भन्ने भ्रममा नपर्दा हुन्छ । कार्य सम्पादन मूल्यांकन लगायतमा राम्रो देखियो भने जतिसुकै नम्बरको पनि बढुवा हुने सम्भावना रहेको छ । सशस्त्र प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बढुवा समितिले जम्मा ५ नम्बर मात्र दिन सक्ने व्यवस्था रहेको छ ।

एसएसपीमा बढुवाका लागि राजेन्द्र शाक्य , सम्भु सुवेदी , कमल गिरी , दुर्गा भट्टराई , राजेन्द्र अधिकारी , अभिकुमार खत्री , गणेश ठाडा , कुलबहादुर नेम्वाङ ,महेश श्रेष्ठ लगायतको सम्भावना बलियो छ ।

सशस्त्र प्रहरीको नयाँ नियमावली अनुसार जेष्ठता भन्दा पनि योग्यता र क्षमतालाई पहिलो प्राथमिकता दिएको छ । त्यसैले जसको कार्य सम्पादन मूल्यांकन, कमाण्ड गरेको , शैक्षिक प्रमाण पत्र माथिल्लो स्तरको भएको ,धेरै तालिममा सफल भएको , जोखिमपूर्ण काम गरेको ,भौगोलिक क्षेत्रमा बसेको ,मान पदवी अलंकार प्राप्त गर्न सफल भएको छ । उसैले बाजी मार्ने निश्चित छ ।

सुरेश कुमार श्रेष्ठ, अन्जनी पोख्रेल जस्ता संगठन भित्रका नव प्रतिभाहरु पनि नियमावलीको व्यवस्थाले गर्दा माथि आउन सक्ने सम्भावना रहेको देखिन्छ। राईले कसैलाई काखा र कसैलाई पाखा गर्ने भन्दा पनि उनले संगठनमा दिएको योगदानको उचित मूल्यांकन गरेर सहि व्यवस्थापन गर्ने कुरामा अडिग रहेका छन् । महानिरीक्षक राई कर्ममा विश्वास गर्ने इमान्दार राष्ट्र सेवक हुन् । त्यसैले राईको कार्यकालमा सशस्त्र प्रहरी बलले नयाँ उचाई लिनेछ ।