१ कार्तिक २०८३, शनिबार

सात वटै प्रदेशका ३० लाख युवालाई रोजगारी दिने सरकारको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Som-Prasad-Pandey

काठमाडौं, २८ वैशाख । आइतबार नीति तथा कार्यक्रम घोषणा गरेको नेकपा एमाले नेतृत्वको वर्तमान सरकारले देशभरीका ३० लाख युवालाई तत्कालै रोजगारी दिने तयारी गरेको छ ।

यसको जानकारी मंगलबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले दिएका छन् ।

उनले सरकारले नेपालका सात प्रदेशमा उद्योग विस्तारका लागि करिब ३० लाख युवालाई रोजगारी दिने तयारी गरेको भन्दै आगामी बजेटमा सम्बोधन गरिने बताए ।

सरकारले देशको सात प्रदेशमा खोल्ने उद्योगले नेपालको आर्थिक परिवर्तनमा ठूलो भूमिका खेल्ने र देशलाई स्वावलम्बन बनाउने उनको जिकिर थियो ।

मन्त्री पाण्डेयले सरकारले ल्याएको नीति तथा कार्यक्रम उद्योगमैत्री रहेको बताउँदै नेपाली उत्पादनलाई प्रोत्साहन गर्न उद्योगलाई विभिन्न किसिमका सहुलियत उपलब्ध गराइने जानकारी दिए ।