– मानबहादुर केसी
यूएई । नेपाली एकता समाज युएईले आयोजना गरेको नयाँ वर्ष २०७३ को शुभकामना आदान प्रदान तथा पिकनिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
०६ मई २०१६ शुक्रबारका दिन यूएईमा पहिलो पटक बेग्लै किसिमले पानी जहाजमा शुभकामना आदान प्रदान तथा पिकनिकसँगै मनोरन्जनात्मक कार्यक्रम गरेर भब्यताका साथ सम्पन्न गरेको हो ।
समाजका केन्द्रीय कोषाध्यक्ष लेखनाथ अधिकारीको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष कृष्ण केसी प्रमुख अतिथी हुन हुन्थ्यो ।
अन्य अतिथीहरुमा सुदूरपश्चिम सेवा समाज यूएईका अध्यक्ष शिवराज जैशी, दाङ देउखुरी समाज युएईका अध्यक्ष शान्ता गिरी, बागलुङ सेवा समाज युएईका अध्यक्ष पिताम्बर पाण्डे, अर्घाखाँची सेवा समाज युएईका अध्यक्ष राजु खड्का, लुम्बिनी व्याल्फेयर सोसाईटी युएईका अध्यक्ष गितामणी पाण्डे, दलित सन्जाल युएईका अध्यक्ष बिनोद गोतामे, महिला एकता समाज युएईकी अध्यक्ष आस्था थापा, नेपाली समाज यूएईका महासचिब मणी भुर्तेल उपस्थित रहनु भएको थियो ।
देश र जनताको लागि आफ्नो ज्यान गुमाएका सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरेर शुरु भएको सो कार्यक्रमको संचालन समाजका केन्द्रीय सदस्य भानुभक्त शर्माले गर्नु भएको थियो भने एकराज रिजालले उपस्थित अतिथी तथा दर्शकहरुलाई छोटो मिठो स्वागत मन्तब्य राखेका थिए ।
त्यसै गरी कृष्ण केसी, आस्था थापा, गितामणी पाण्डे, मणी भुर्तेल, पिताम्बर पाण्डे, शान्ता गिरी, सरस्वती पौड्यालले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो ।
समाज सेवी, बुद्दिजिबी, कलाकार, पत्रकारहरुको बाक्लो उपस्तिथी रहेको सो कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान युएईका कलाकारहरुले जनबादी गीत र नृत्य मार्फत उपस्थित सम्पूर्णलाई भरपुर मनोरन्जन गराएका थिए ।
त्यस्तै यूएईमा कार्यरत स्थानिय कलाकारहरुले बिभिन्न गीत र नृत्य प्रश्तुत गरेर उपस्थित सबैलाई छमछमी नचाएका थिए, नेपाली एकता समाज युएईले आयोजना गरेको बेग्लै खालको कार्यक्रममा यसरी लगभग ५ घण्टा पानी जहाजमा समुन्द्रको परिक्रमा गर्दै मिठो भोजनको स्वाद लिदै एकआपसमा भेटघाट गरी भलाकुसारी गर्न पाउदा सबै निकै उत्साहित देखिएका थिए ।















प्रतिक्रिया