३० आश्विन २०८३, शुक्रबार

नेजाको अध्यक्षमा आचार्य निर्वाचित, सम्पूर्ण पद निर्बिरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

neja 1– विजय थापा

वाशिंगटन डिसी । अमेरिका पत्रकार संघ, नेजाको पाँचौ अधिवेशन तथा दशौँ वार्षिक साधारण सभाको दोश्रो दिनमा भएको निर्वाचनमा वर्तमान नेजाका महासचिब भोला आचार्य अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिले जनाए अनुसार सम्पूर्ण पदमा पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन् ।

नेजाको पाँचौ अधिवेशन लस एञ्जेल्समा सम्पन्न नेजाको निर्वाचनमा अध्यक्ष भोला आचार्य ,उपाध्यक्षमा गुणराज लुइँटेल तथा महा सचिबमा तोयानाथ दाहाल निर्वाचित भएका छन् ।

यसै गरि उक्त निर्वाचनमा निर्बिरोध निर्वाचित हुनेहरुमा सचिबमा अग्नि चौलागाई तथा कोषाध्यक्षमा शैलेश पोख्रेल निर्वाचित भएका छन् ।

यसैगरि पश्चिम क्षेत्रीय संयोजकमा ध्रुब कुवर ,डिसी मैत्री क्षेत्र संयोजकमा बिष्णु पौडेल शितल,न्यु योर्क क्षेत्र संयोजकमा बिष्णुहरि घिमिरे तथा दक्षिण क्षेत्रीय संयोजकमा किशन रेग्मी निर्बिरोध निर्वाचित भएका छन् ।

सम्पन्न निर्वाचनमा कार्यकारी सदस्यहरुमा सन्दिप कुमार चौधरी ,बालकृष्ण जोशी ,लेखनाथ गौतम तथा अनुज थापा निर्बिरोध निर्वाचित भएका छन् ।

नेजाको पाँचौ अधिवेशन तथा दशौँ वार्षिक साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघका सभापति डा महेन्द्र विष्टले गर्नु भएको थियो ।

अधिवेसनको लागि विभिन्न राज्यवाट नेजाका सदस्यहरु, प्रतिनिधी तथा शुभेच्छुकहरु मेरील्याण्ड, भर्जिनिया,टेक्सास,कोलोराडो, क्यालिफोर्निया, न्यूयोर्क, नर्थक्यारोलिना, ओक्लोहामा लगायत सत्र भन्दा वढी राज्यवाट सहभागीता रहेको थियो ।