३० आश्विन २०८३, शुक्रबार

बुद्धजयन्तीका अबसरमा स्वीडेनमा दीप प्रज्वलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

image1स्वीडेन । एन आर एन, स्वीडेनको आयोजनामा राजधानी स्टकहोल्ममा ७ मई २०१६ का दिन बुद्द जयन्तीको अवसर पारेर पर्यटन प्रबर्धन र दीप प्रज्वलन कार्यकम शान्त बाताबरणमा सम्पन्न भएको छ ।

एन आर एन केन्द्रिय समितिका सदस्य एबं नेपाल पर्यटन बोर्डका सद्भावना राजदुत सोम सापकोटा ज्युको प्रमुख अतिथिमा स्टकहोल्मको मुटु टि-सेन्ट्रलमा स्वीडेन बासि नेपालीहरु र नर्डिक देश का एन आर एन प्रतिनिधि साथिहरुको सहभागितामा नेपालको पर्यटक प्रबर्धनको प्रचार प्रसार, ब्यानर र पर्चा पम्लेट आदिको वितरण गरि सद्भावना दुत सापकोटाको छोटो मन्तब्य सहित सहर परिक्रमा गरि छोटो समयमा भएपनि नेपाल शान्त र भ्रमणको लागि उपउक्त गन्तब्य हो भन्ने संदेश दिइएको थियो ।

दोश्रो चरणको कार्यक्रम स्टकहोल्ममा सम्पन्न भयो । एन आर एन, स्वीडेनका अध्यक्ष चिरन्जिबी खरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि एन आर एन आई सी सी का केन्द्रिय युवा उप-संयोजक लोकराज शर्मा, अतिथि सोम सापकोटा, एन आर एन, स्वीडेनका निबर्तमान अध्यक्ष प्रेम गौतम, एन आर एन डेनमार्क, नर्वे, र फिनल्याण्डका अध्यक्ष, आई सि सि सदस्य लगायत अन्य प्रतिनिधिहरु लाइ आसन ग्रहण गराई कार्यक्रम सुरु गरिएको थियो, प्रमुख अतिथि शर्मा र सापकोटाले संयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए भने उपस्थित सबै जनाले बुद्धको सम्झनामा दिप प्रज्वलन गरेका थिए ।

दिप प्रज्वलन पछि आयोजक एन आर एन स्वीडेनको तर्फबाट उपाध्यक्ष नबराज रेग्मीले स्वागत मन्तब्य राख्नु भएको थियो ।

एन आर एन केन्द्रिय समितिका सदस्य एबं नेपाल पर्यटन बोर्डका लागि डेनमार्कका मानार्थ प्रतिनिधि सोम सापकोटाले नेपाल र नेपालको पर्यटकको बिकाशका लागि नर्डिक देशहरुले खेलेको र खेल्नु पर्ने भूमिकाको बारेमा प्रकाश पार्नु भएको थियो र भ्रमणको लागि नेपाल सुरक्षित मुलुक रहेको र संसारका कुनै पनि मानिसहरु विना ब्यबधान नेपाल भ्रमण गर्न सक्ने कुरामा जोड दिनु भयो ।