१ कार्तिक २०८३, शनिबार

धाबक संजयलाई गृह जिल्लामा नागरिक अभिनन्दन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kkkkप्यूठान, २६ वैशाख । कृतिमान विश्व पर्वतारोही एबम् लामो दूरीका धाबक संजय पण्डितलाई शनिबार गृह जिल्ला प्यूठानमा नगद एक लाखसहित सम्मान गरिएको छ ।

प्युठान नगरपालिकाको पहिलो स्थापना दिबसको अबसरमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बांगद्वारा सम्मान पत्र एबम् फूलमाला तथा दोसल्ला ओडाएर सम्मान अभिनन्दन गरिएको हो ।

स्थानीय विकास अधिकारी शिव प्रसाद रेग्मी, प्युठान नगरपालिकाका कार्यकारी अधिकृत नेबबहादुर ओली, नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष लगायत प्रमुख राजनीति दलका प्रतिनिधिहरुले स्वागत तथा सफलताको कामना गरेका थिए ।

प्राण घातक हिमाल भनेर चिनिने मनास्लु, जापानको सर्वोच्च शिखर फुजी अफ्रीकाको सर्वोच्च शिखर किलिमन्जारो लगायत अन्य महादेशको कीर्तिमानी आरोहण गरेका पण्डितको अबको गन्तव्य अन्ट्रारटिका महादेशको विन्सोंन मशिफ रहेको छ ।

पण्डितले अफ्रिकी सर्वोच्च शिखर किलिमन्जारो तथा अस्ट्रेलियाको सर्वोच्च शिखरमा उल्टो हिडेर आरोहण सम्पन्न गरिसकेका छन् । यूरोपको सर्वोच्च शिखरको चुचुरोमा ६ मिनेट अर्धनंगिएर तथा अमेरिकि तथा जापानको हिमालमा दौरा सुरुवाल लगाएर नेपालको राष्ट्रिय गीत गाएर कीर्तिमान कायम गरेका छन् ।

पण्डित नेपालका पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने विश्व पर्वतारोही हुन् ।