– भरत शिवाकोटी/मणि सुबेदी
अबुधाबी, (युएई) । झापाली समाज युएई सारजाह क्षेत्रीय समितिको आयोजनामा ६ मे २०१६ का दिन युएई स्तरीय खुल्ला भलिबल प्रतियोगिता सौभार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
समाज युएई केन्द्रीय समितिसँगै सम्पूर्ण क्षेत्रीय समितिका पदाधिकारीहरुको उल्लेखनीय उपस्थितिमा समाजका कार्यवाहक अध्यक्ष मोहन शिवाकोटीले सारजाहको अलवाहादा खेल मैदानमा औपचारिक रुपमा सुरुवात गर्नुभएको थियो । उक्त प्रतियोगितात्मक खेलमा युएईका विभिन्न क्षेत्रका १३ वटा टिमको सहभगिता रहेको थियो ।
खेलाडीहरुबाट अत्यन्त उत्कृष्ट खेल प्रदर्शन गरिएको थियो । विजयी टिमहरु क्रमश, एन आर एन सारजाह प्रथम, अल क्वुज मंगोलियन दोश्रो र बाग्लुङ्ग सेवा समाज तेस्रो भएका थिए ।
विजयी खेलाडिहरूलाई झापाली समाज युएईका संरक्षक हेमन्त पौडेल, कार्यवाहक अध्यक्ष मोहन शिवाकोटी र केन्द्रीय तथा क्षेत्रीय पदाधिकारिहरुबाट संयुक्त रुपमा नगद पुरस्कार क्रमशः १२०० दिराम , ६०० दिराम र ४०० दिरामका साथमा प्रमाण पत्र र मेडलहरु प्रदान गरिएको थियो ।
यस्तै खेललाई अनुशासित र मर्यादामुलक रुपमा सन्चालन गर्नुहुने रेफ्रीहरु र अन्य सहयोगिहरुलाई आयोजकका तर्फबाट स–धन्यबाद सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
खेलको मुख्य उदेश्य युएईमा रहेका नेपाली खेलाडीहरुको खेल क्षमता अभिवृद्धि गर्नु रहेको आयोजक समितिका संयोजक रामकुमार राउतले जानकारी दिनु भएको छ ।
सोही कार्यक्रमका बीच झापाली समाज युएईले आफ्नो संस्थाको तर्फबाट २०७३ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।
स्थापनाको छोटो अवधिमा झापाली समाज युएईले यसभन्दा अघि घरेलु कामदारमा युएई आएर अलपत्र परेकी झापाली चेलीलाई स्वदेश फिर्ता गर्न आर्थिक तथा जिन्सी सहयोग गरेको थियो ।
सोभन्दा अगाडि झापा घर भएर युएईमा ज्यान गुमाएका व्याक्तिहरु तथा केही मिर्गौला पीडितहरुलाई आर्थिक सहयोग उपलब्ध गराउदै एक बालिकाको पठनपाठनको निमित्त अक्षय कोसको स्थापना समेत गरिसकेको छ ।















प्रतिक्रिया