काठमाडौं, २५ वैशाख । सशस्त्र प्रहरी बलका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।
सशस्त्र प्रहरीको बढुवा सिफारिस समितिको शुक्रबार बसेको बैठकले डीआईजीद्धय शैलेन्द्र खनाल र जितबहादुर पुनलाई एआईजीमा बढुवा गर्ने निर्णय गर्दै मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।
खनाल अहिले सशस्त्र प्रहरीका प्रवक्ता समेत हुन् । एआईजीमा बढुवा भएसँगै खनालको आईजीपी बन्ने बाटो खुल्ने छ ।

















प्रतिक्रिया