मुम्बई, २५ वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले गुजरात लाइन्सलाई ५ विकेटले पराजित गरेको छ ।
गएराति भएको खेलमा गुजरातले प्रस्तुत गरेको एक सय २७ रनको लक्ष्य हैदरावादले १९ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टाएको हो ।
हैदरावादका शिखर धवनले नटआउट ४७, कप्तान डेविड वार्नरले २४, दीपक हुड्डाले १८ तथा मोएसेस हेन्रिक्युजले १४ रन जाडे ।
गुजरातका लागि धवल कुलकर्णी र ब्राभोले २–२ विकेट लिँदा प्रविण कुमारले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको गुजरातले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय २६ बनायो । गुजरातका लागि फिन्चले नटआउट ५१ रन जोडे भने कप्तान सुरेश रैनाले २०, डवेन ब्राभो र रविन्द्र जडेजाले समान १८–१८ रन जोडेका थिए ।
हैदरावादका भुवनेश्वर कुमार र मुस्ताफिजुर रहमानले समान २–२ विकेट लिँदा बारिन्डर श्राण र मोयस हेन्रिक्युजले १–१ विकेट लिए ।
१० खेलबाट १२ अंक जोडेको गुजरात १२ अंकसहित दोस्रो स्थानमा छ भने ८ खेलबाट १० अंक जोडेको हैदरावाद लिग तालिकाको चौंथो स्थानमा छ । – एजेन्सी















प्रतिक्रिया