कुबेत । नेपाली जनप्रगतिशिल मंच कुवेतका अध्यक्ष दावा ठोकरमाथि भएको सांघातिक हमालाको बिरोधमा कुबेतमा रहेका संघ संस्थाले विज्ञाप्ति जारिगरेर विरोध गरेका छन ।
मंचले गर्न लागेको मे दिवसको कार्यक्रमको सन्दर्भलाई बहाना बनाई यसै मौकामा दावा ठोकरलाई भेटने आएका ब्याक्तिले हमाला भएकोमा बिरोध गरेका हुन् । उनीहरूले हमाला गर्ने व्यक्तिहरुलाई कडाभन्दा कडा सजायको माग गरेका छन् ।
२३ वैशाख २०७२
सयुक्त प्रेस बिज्ञप्ति
आदारणीय कुवेत बासी दाजुभाई,दिदीबहिनी तथा यहाँ नेपालीहरु बीच क्रियाशिल संघ९सस्थाका पदाधिकारी ज्युहरु यसरी नै नेपाली दुतावास कुवेत लगाएत देश ९ विदेशका न्याय प्रेमी जन समुदायहरुमा हामी यो कुरा जानकारी गराउन चाहान्छौ कि नेपाली जनप्रगतिशिल मंच कुवेतका अध्यक्ष दावा ठोकर माथी गत मे २ तारिक राती ९.३० को समयमा कुवेतको मंगाफ स्थित बल्क न.३ मा हमला भएको छ ।
दावा ठोकरलाई भेटने भनि अपहरण शैलीबाट आक्रमण गरियो । उक्त सांगातिक हमलामा कुवेतमा रहेका उसृन्खल ब्याक्तिहरुले अनुहार,टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट पटक लागेकोले उक्त दावा ठोकरको स्वास्थ्य लाभको कामना गर्दै कुवेतमा रहेका गुण्डा गर्दी तथा समाजमा रहेका उदण्ड गति बिधि मच्याउने उपर कडा भन्दा कडा कारवाईको माग गर्दै पिडितलाई न्याय तथा क्षय्तिपूर्ति पाउन भन्ने मागका साथ नेपाली दुतावास कुवेत,ल्च्ब्ल् कुवेत, ल्च्ब्ल् मध्येपुर्व र कुवेतमा रहेका क्रियाशिल संघ ९सस्था तथा राजनीतिक दलका भातृ संगठनहरु बाट एक्यबद्दता हुने कुरामा बिस्वस्थ छौ ।
कुवेतको नेपाली समाजमा भाइरासका रुपमा बिकसित गुण्डागर्दीले बदनाम हुँदै गएको नेपालीहरुको छबी जोगाउन यस्ता क्रियाकलापहरुको बिरुद्ध सबै सकारात्मक रहेपनी मुकाविला गर्दै जानु पर्ने हामी जोडदार आवहान गर्दै यसरीनै समाज बिरोधी गतिबिधि गर्नेहरु माथि कारबाहीको माग गर्दै घोर भर्त्सना गर्दछौ ।
१. प्रबासी नेपाली मंच कुवैत युबराज गैरे – उपाध्यक्ष
२.अन्तर्राष्ट्रिय नेपाली समाज कुवैत हरिगोपाल सुबेदी – संयोजक
३. नेपाली जना सम्पर्क समिती अनिलकुमार ठाकुर सह-महामन्त्री
४. नेपाली जनप्रगीतिशिल मंच कुवैत श्याम पराजुली – महासचिब
५. कुवैत नेपाली एकता समाज अनिल रसाइली – अध्यक्ष















प्रतिक्रिया